Logo

माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथि प्रहरीद्धारा गोली प्रहार



काठमाडौं, वैशाख २ । कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी सहायक हवल्दारले गोली प्रहार गर्दा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’की आमा तीर्थमाली पुन मगर घाइते भएकी छन् ।

७० वर्षीया पुन मगरमाथि गएराती काठमाडौंको मालीगाँउस्थित घरमै गोली प्रहार भएको हो । । खुट्टामा गोली लागेर घाईते भएकी उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  घटना काठमाडौं मालीगाँउमा रहेको नेता पुनको दाइकाे घरमा भएको बताइएको छ ।

उच्च प्रहरी स्रोतका अनुसार  नातामा नातीपर्ने प्रहरीका सहायक हवल्दार प्रकाश पुन मगरले चलाएको गोली लागेर उनी घाइते भएकी हुन् ।

प्रहरी उच्चस्रोतका अनुसार सहायक हवल्दार पुन मगर साेही घरमा बस्दै आएका थिए । नयाँ वर्षमा खानपिनपछि उत्पन्न विवादमा सुरक्षाका लागि राखेको आफ्नै हतियारले पुन मगरले बृद्ध तिर्थमाली माथि गोली प्रहार गरेको प्रारम्भीक प्रहरी अनुसन्धानमा खुलेको स्रोतले जनाएको छ ।

घटनापछि राती नै काठमाडौं प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ । नेता पुन भने उपचारका लागि हाल चीनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता