Logo

जुनसुकै बेला गठबन्धन भत्काउन सक्ने हैसियत एमालेसँग छ : नेता पौडेल



काठमाण्डौ,चैत ११ । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्तारुढ गठबन्धन जुनसुकै बेलापनि भत्काउने हैसियत एमालेसँग रहेको बताएका छन्।

शुक्रबार जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष पौडेलले अहिलेको सत्तारुढ गठबन्धन जुनसुकै बेलापनि भत्काउने हैसियत एमालेसँग रहेको बताएका हुन्।

उनले भने, ‘जुनसुकै बेला गठबन्धन भत्काउन सक्ने हैसियत एमालेसँग छ तर हामी जिम्मेवार प्रतिपक्ष भएर काम गर्न खोजेका हौं।’ यस्तै, उनले सत्तारुढ गठबन्धन अन्तरविरोधमा फसेको र यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्नेपनि बताए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता