Logo

युवा बिदेसिए पछि गोरु जोत्न बाध्य छन् भोजपुरका महिला



भोजपुर,मङ्सिर १४ । भोजपुरको आमचोक गाउँपालिकाको दुम्मानास्थित बारीमा गोरु जोत्दै महिला । रोजगारीका लागि गाउँका युवा बिदेसिएका र खेती गर्न गोरु जोत्ने कोही नपाएपछि आफैँले जोत्नु परेको हो ।

निर्वाचनको समीक्षा गर्न एकीकृत समाजवादीको बैठक जारी:काठमाडौं, १३ मंसिर । आमनिर्वाचनपछि राष्ट्रिय दल बन्न संघर्षरत नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ । पार्टी मुख्यालयमा जारी केन्द्रीय सचिवालय बैठकमा ४ मंसिरमा सम्पन्न आमनिर्वाचनको परिणामसहितका विषयमा समीक्षा भइरहेको छ ।

राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत राष्ट्रिय दलको मान्यता पाउनेगरी नतिजा ल्याउँदा एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता पाउन कटाउनुपर्ने तीन प्रतिशतको थ्रेस होल्ड पार गर्न संघर्षरत छ ।

यही बेला बसेको सचिवालय बैठक चुनावी नतिजा, गठबन्धनको आवश्यकता, नयाँ सरकार गठनसहित शक्ति बाँडफाँटका विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जितेको छ । सम्मानित नेता झलनाथ खनाल, सचिव रामकुमार झाँक्रीसहित केही शीर्षनेता पराजित भएका छन् । आफू पराजित हुनुमा कांग्रेसबाट धोका भएको खनालले प्रतिक्रिया सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता