Logo

एमालेको घोषणापत्र : ५ वर्षमा अर्थतन्त्र १०० खर्ब पुर्याउनेदेखि यति धेरै बिजुली निशुल्कदिनेसम्म



काठमाण्डौं,कार्तिक १६ । ५ वर्षमा अर्थतन्त्र १०० खर्ब पुर्याउनेदेखि यति धेरै बिजुली निशुल्कदिनेसम्म (पूर्णपाठसहित) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गर्दै ६ वटा प्रश्न सर्वसाधारणलाई सोधेका छन् भने पार्टीको चुनाव चिन्हमा किन भोट हाल्ने, अरुलाई किन नहाल्ने भन्ने प्रस्ट्याउन खोजिएको छ ।

घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । जसमा नेपालीलाई मात्र नागरिकता दिनेदेखि नेपालको अर्थतन्त्र १ सय खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य राखेको छ । त्यस्तै दस हजार लिटर पानी निस्शुल्क बाँड्नेदेखि ५० युनिट बिजुली निस्शुल्क बाँड्ने कुरा पनि एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।

एमालेले ५ वर्षमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या २५ लाख पु¥याउने र नेपालको प्रतिव्यक्ति आय २४ सय डलर अर्थात ३ लाख रुपैयाँ पुर्‍याउने पनि घोषणा गरेको छ । सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) , नेकपा (एकीकृत समाजवादी) ले संविधानको रक्षालाई मूल नारा बनाएर यसअघि नै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।

घोषणापत्रमा सुशासन, विकास, समृद्धि र स्वाधीनता चार संकल्प व्यक्त गरिएको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाललगायत उपस्थित छन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता