Logo

बाँके– काठमाण्डौं सम्पर्क समन्वय समितिको अध्यक्षमा युवा व्यवसायी दीपेन्द्र विष्ट चयन



काठमाण्डौं भदौ २७ । नेकपा माओबादी केन्द्र बाँके– काठमाण्डौं सम्पर्क समन्वय समितिको अध्यक्षमा बाँकेका युवा व्यवसायी दीपेन्द्र विष्ट चयन भएका छन् । काठमाण्डौंमा सम्पन्न सम्पर्क समन्वय समितिको तेस्रो भेलाले बाँकेका युवा व्यवसायी दीपेन्द्र विष्टको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको हो । भेलाले अध्यक्ष दीपेन्द्र विष्ट, वरीष्ठ उपाध्यक्ष शिव प्रसाद गौतम, उपाध्यक्षहरु पूर्ण केसी, भूपराज खनाल, सचिव असर्फिलाल थारु, सहसचिव अमृत प्रसाद सिग्देल र कोषाध्यक्ष लिला गिरी सहितको ३५ सदस्यीय समिति गठन गरेको हो । साथै समन्वयले बाँके काठमाण्डौं सम्पर्क समन्वय समितिको ईन्चार्र्जको जिम्मेवारी प्रदेश सदस्य दीलिप सोनीलाई दिएकोछ ।

उक्त समितिको सल्लाहकार संयोजक शालिकराम सापकोटा, सदस्यहरु कालिमान खत्री, नारायण बराल, गंगा सिग्देल, विपना योगी, ऋषीराम पोख्रेल र तेजप्रसाद रेग्मी रहेकाछन् ।

काठमाण्डौंमा सम्पन्न उक्त भेलामा माओबादी केन्द्रका स्थायी समिति सदस्य एवम युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’को प्रमुख आतिथ्यता रहेको थियो । भने विशिष्ट अतिथि सम्पर्क समन्वय प्रदेशका अध्यक्ष श्रीकृष्ण अधिकारी ‘विवेक’ रहेका थिए । भेलालाई सम्बोधन गर्दै मन्त्री अथकले नेपालमा परिर्वतनको आन्दोलनको नेतृत्व माओबादी केन्द्रले गरेको बताए । उनले माओबादी केन्द्रलाई आगामी निर्वाचनमा देशको निर्णयक शक्तिको रुपमा स्थापित गर्न काठमाण्डौंमा पेसा व्यवसायमा संलग्न जनशक्तिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

परिर्वतनको आन्दोलनमा बलिदानीको कोटा चुक्ता गरेर आएको माओबादी देशलाई सही नेतृत्व दिन सक्षम रहेको उनको भनाई थियो । देशलाई सहि दिशामा लैजान माओबादी केन्द्र अहिलेको चुनावमा माओबादी केन्द्रले विजय हासिल गर्नुपर्ने भन्दै उनले काठमाण्डौमा रहेर देश बुझेको जनशक्तिले जिल्लामा रहेको पार्टी र जनतालाई बुझाउन लाग्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता