Logo

भारत: निसानामा पारेर हत्या गर्न थालिएपछि कश्मीरी हिन्दू त्रासमा



भारत । भारत प्रशासित कश्मीरको दक्षिणी क्षेत्रस्थित गोपालपुराको सरकारी विद्यालय जाने बाटोको एउटा गाउँमा त्यस क्षेत्रकै सबैभन्दा मन पराइएकी विद्यालय शिक्षिकालाई हतारमा श्रद्धाञ्जली दिइयो।

गत मे ३१ तारिख बिहान ४१ वर्षीया रजनी बालाको हत्या भएको थियो। पटाका पड्किएको जस्तो आवाज सुन्दा विद्यालय बाहिर विद्यार्थी र कर्मचारीहरू प्रार्थनाका लागि भेला भएका थिए।

तर दैनिक जीवनमा हिंसाको सामना भइरहने उक्त क्षेत्रमा केही नराम्रो कुरा भयो भन्ने उनीहरूले तत्कालै थाहा पाइहाले। प्रहरीका अनुसार रजनी बालालाई टाउकोमा गोली हानिएको थियो। उनी हिन्दू भएकाले नै निसानामा परिन् भन्ने व्यापक रूपमा ठानिएको छ।

हिन्दूमाथि निसाना
भारतको एक मात्र मुस्लिमबहुल क्षेत्र कश्मीरमा हिन्दूहरू अल्पसङ्ख्यक रूपमा रहेका छन्। गत वर्षदेखि त्यस क्षेत्रमा लगातार हिन्दूहरूको हत्या भइरहेको छ र त्यस्तो पछिल्लो हत्या गत साता भएको थियो।

गत साता दक्षिणी कश्मीरस्थित शोपियानमा सुनिलकुमार भटलाई स्याउ बगैँचामा नै गोली हानेर हत्या गरिएको थियो। रजनीको परिवारले बताए अनुसार उनीहरू रजनीमाथि आक्रमण हुनुअघि नै कश्मीर छाडेर अन्यत्र जान चाहन्थे।

“डेढ महिना अघि एक जना हिन्दू ड्राइभरको स्कूलबाट दुई किलोमिटर पर हत्या भएको थियो। कश्मीरका विभिन्न भागमा हिन्दूमाथि अरु आक्रमण पनि भएका थिए। त्यसबेलादेखि हामी डराएका थियौँ र हामीले रजनीको स्थानान्तरणका लागि दुई पटक आवेदन पनि दिएका थियौँ,’ उनका श्रीमान् राजकुमार अत्रीले भने।

रजनी बालाले इतिहास अध्यापन गर्थिन्। उनले उक्त विद्यालयमा पाँच वर्षदेखि काम गरिहरेकी थिइन्। उनले आफ्ना सहकर्मीहरूलाई यदि धम्की नआएको भए आफू कहिल्यै त्यहाँबाट जान नचाहेको बताएकी थिइन्। विज्ञानकी शिक्षीका साइमा अख्तरले भनिन्, “उहाँ सभ्य, ज्ञानले भरिपूर्ण र मिलनसार हुनुहुन्थ्यो। उहाँलाई हाम्रो विद्यालयमा मात्र होइन, गाउँभरि नै मन पराइएको थियो।” “हामी अहिले टुटेका छौँ।” समाचार बीबीसीले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता