Logo

परराष्ट्र मन्त्री खड्का चीन जाँदै



काठमाडौं २४ साउन । परराष्ट्रमन्त्री डा नारायण खड्का आज चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा खड्का चीन जान लागेका हुन् ।

तिन दिने भ्रमण रहेको मन्त्री खड्काले त्यहाँ रहँदा साउन २५ गते हुने दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुने भएका छन् । खड्काको यो भ्रमणलाई निकै चासोको रुपमा पनि हेरिएको छ ।

कारण अमेरिक सभामुखको ताइवान भ्रमणलाई लिएर चीन र ताइवानबीच तनाव बढिरहेको यो समयमा खड्काको चिन भ्रमण ।

खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रिभोज समेत आयोजना गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता