Logo

भक्त बिबि ले कैलाली कंचनपुरका छाडा गाइगोरु ब्यवस्थापन गर्ने



कैलाली,साउन २३ । भक्त बिबी हेल्पिङ हेण्ड्स फर ह्युमानिटीले कैलाली कंचनपुरका रहेका छाडा गाइगोरु ब्यवस्थापन गर्ने भएको छ ।
गौ संरक्षणमा सकृय रहंदै आएका योगी पिताम्बरले बर्दियामा संचालन गरेको गौशालामा गरिएको एक दिने अन्तर्कृयामा सहभागी पच्चात उक्त कार्यमा सकृयता जनाएको संस्थाका सहसंयोजक राज बहादुर चन्द ले जनाउनु भयो ।

राष्ट्रीय तथा अन्तरराष्ट्रीय स्तरमा बिबिध समाजिक सेवाका कार्यहरू गर्दै आईरहेको समाजिक संस्था भक्त बि बि फर ह्युमानिटीले छाडारुपमा छोडिएका गाईहरुको व्यवस्थापनका लागी कार्य अघि बढाएको हो ।

स्थानियपालिकाहरुको सहकार्यमा छोडिएका गाई गोरु संरक्षणका लागी गौशाला निमार्ण गर्ने कार्य अघि बढाइने सस्थाले जनाएको छ । देशैभरी १४ स्थानमा गौशाला खोलेर हजारौं गाईगोरु हरुको संरक्षण गर्दै आएका योगि पिताम्बरको संरक्षण तथा सल्लाह बमोजिम र वसाह वार्ड गौ सेवा आश्रम संगको सहकार्यमा महेन्दनगर देखी लम्की सम्म गाईको व्यवस्थापनका लागी कार्य गर्ने संस्थाका सहसंयोजक राज बहादुर चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता