Logo

पाकिस्तानस्थित भारतीय दूतावासले बिल्किस बानो एधीको निधनमा शोक व्यक्त



एजेन्सी  ।  पाकिस्तानमा रहेको भारतीय दूतावासले शनिबार कराचीमा परोपकारी र मानवीय सेवा गर्ने बिल्किस बानो एधीको निधनमा शोक व्यक्त गरेको छ।

“भारतीय उच्चायोगले बिल्किस एधीको निधनमा हार्दिक समवेदना व्यक्त गर्दछ। उनको र ईधी फाउन्डेसनको मानवीय सहयोगलाई सीमापार राम्रोसँग प्रशंसा गरिएको छ। ” भारतीय दूतावासले ट्वीट गरेको छ।

पाकिस्तानको सामाजिक कल्याणकारी संस्था एधी फाउन्डेशनको संस्थापक बिल्किस एधीले विशेष अपांगता भएकी भारतीय बालिका गीतालाई धर्मपुत्री ग्रहण गरेकी थिइन । गीतालाई पछि सन् २०१५ मा पाकिस्तानबाट भारत ल्याइएको थियो ।

 

बिल्किस, जसको मृत्युको पुष्टि उनका छोरा फैसल एधीले गरेका थिए, शुक्रबार ७४ वर्षको उमेरमा कराँचीको एक अस्पतालमा निधन भएको डन अखबारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता