Logo

जुम्लाको नराकोट केन्द्रविन्दू भएर गयो भूकम्प



काठमाडौ । जुम्लाको नराकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९।५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४।१ रेक्टर स्केलको भूकम्प गएको हो ।उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।
अभिनयका लागि आँचलले बनाइन् ओठमा घाउ १

पछिल्लो समय कलाकार आफ्नो चरित्रमा फिट हुन ठूलै मिहिनेत गर्न पछि पर्दैनन् । चरित्रकै लागि केही अभिनेत्रीले आफ्नो कपालको बलिदान दिएको बिषय मिडिया लुकेको छैन । अभिनयकै लागि तौल घटाउने र बढाउने गर्नु सामान्य नै हो ।
तर, अभिनेत्री आँचल शर्माले भने अभिनयका लागि ओठमा घाउ बनाएकी छन् । मंगलबार एक समारोहका बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको ‘एउटा सपना छ’ बोल रहेको गीतको भिडियोमा सार्वजनिक गरिएको थियो । जसमा उनको ओठमा घाउ देख्न सकिन्छ ।

 

कार्यक्रममा भिडियो सार्वजनिक पछि पत्रकारले भिडियोमा देखिएको उनको ओठको घाउका विषयमा जिज्ञासा राखेका थिए । जवाफमा उनले क्यारेक्टरका लागि सुटिङमै टोकी टोकी घाउ बनाएको बताइन् । ‘भिडियोमा मेरो भूमिका नातिनीको भएपनि धेरै कुराको ख्याल गर्नुपर्ने रहेछ’ उनले भनिन्–‘सुटिङमै टोकी टोकी ओठमा घाउ बनाए ।’ भिडियोमा उनले हातमा नङ पालेको समेत देखिएको छ । यस बिषयमा पनि उनले भनिन्, ‘मलाई नङ पनि पाल्नु हुँदैन भन्नेमा ध्यान गएको भए म काट्थेँ

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता