Logo

विमान अवतरणका क्रममा आँधी, १४ यात्रु घाइते



एजेन्सी । मुम्बईबाट पश्चिम वंगालको दुर्गापुरका लागि उडेको स्पाइस जेट बोइङ बी ७३७ विमानले अवतरणको क्रममा ठूलो आँधीको सामना गरेको छ । आँधीबीच चालकले विमानलाई सुरक्षित अवतरण गराएका थिए ।

आकस्मिक अवतरणका क्रममा कम्तीमा १४ जना यात्रु र चालक दलका ३ सदस्य घाइते भएका भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । दुर्गापुरस्थित काजी नजरूल इस्लाम एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान तुफानमा फसेको थियो ।

दुर्घटनामा केही यात्रुको टाउकोमा चोट लागेको छ । आँधीले विमान हल्लिएपछि केविनका सामान खस्दा यात्रुको टाउकोमा चोट लागेको थियो । ‘ओर्लने क्रममा तीन ओटा झट्का लागेको थियो ’, एक यात्रुले भने ।

दुर्घटना प्रति स्पेस जेटले दुःख व्यक्त गरेको छ । नागरिक उड्यन महानिर्देशनालयले दुर्घटना बारे अनुसन्धान गर्न आदेश दिएको छ । दुर्घटना प्रति स्पेस जेटले दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता