Logo

डी. ए .भी बिद्यालय द्वारा शिक्षक र कर्मचारीहरुलाई एक अभिमुखीकरण शिप प्रदान गोष्ठी काठमाडौँमा सम्पन्न



 

काठमाडौं ,बैसाख । डी .ए . भी शुशील केडिया विश्व भारती विद्यालयले स्कुल सपोर्ट प्रोजेक्ट अन्तर्गत राइजिङ्ग एकेडेमी, न्यु प्लाजा काठमाडौँका संचालक , शिक्षक र कर्मचारीहरुलाई एक दिवसिय तालिम तथा अभिमुखीकरण शिप प्रदान गरेको छ ।

डी.ए.भी बिद्यालयका अनुसार उक्त तालिम तथा अभिमुखीकरण गोष्ठी विद्यालयको विभिन्न सामाजिक कार्यक्रमहरु मध्यको एक अंश भएको उल्लेख गरेको छ।कार्यक्रमलाई सम्बोधन गर्दै डी.ए.भी विद्यालयका अध्यक्ष श्री अनिल केडियाले डी.ए.भी शुशील केडिया विश्व भारती विद्यालय र राइजिङ्ग एकेडेमी, न्यु प्लाजा काठमाडौँ बीच लामो समय देखि सहकार्य रहेको बताए।

सोहि अबसरमा उनले राइजिङ्ग एकेडेमी, न्यु प्लाजा का संचालक शिक्षक र कर्मचारीहरुलाई सफलताको शुभकामना दिदै शिक्षा छेत्रमा पबित्र मन, बचन र कर्मले समर्पित रहन प्रेरित गरे। साथै अध्यक्ष श्री अनिल केडियाले शिप हस्तान्तरण तथा अभिमुखीकरण कार्यक्रमको अबधि ३ बर्ष रहेको बताए। जस अनुसार २ बर्ष भित्र डी.ए.भी विद्यालयले राइजिङ्ग एकेडेमी, न्यु प्लाजा काठमाडौँ परिवारलाई विभिन्न प्रकारका तालिमहरु प्रदान गर्नेछ , तेस्रो बर्ष परिक्षण बर्ष रहने छ र त्यस उप्रान्त राइजिङ्ग एकेडेमी स्वतन्त्र रुपमा कार्य सम्पादन गर्दै अगाडी बढ्ने छ।

तालीमकी मुख्य प्रशिक्षक विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले मिसन, भिजन, लक्ष्य, क्लासरूम्स थीम्स र सर्वाङ्गिन बिकाशका विभिन्न आयामहरुको चर्चा गरेकी थिईन। साथै डा। रावले ब्लूम ट्याक्सोनोमि अन्तर्गत चिन्तन , सिकाई र बुझाई सम्बन्धित बिभिन्न्न तथ्य र अनुसन्धानले सुझाएका नविनतम बिधि र पद्दतिहरु प्रकाश पारेकी थिईन।

विद्यालयकी प्रमुख प्रशासकीय अधिकृत विजया टाटरले विद्यार्थीहरुको परिक्षण प्रणाली र परिक्षाको विभिन्न ब्यबहारिक अनुभव उल्लेख गरिन।
विद्यालयका अधिकृत प्रशान्त सामल उक्त कार्यक्रमको मेंटर रहेका थिए। त्यस्तै विद्यालयका माध्यमिक तहका कोर्डिनेटर ट्यांक मेघजी देवजीले अनुशाशन, संचार, बिहानी प्रार्थनासभा, क्लासरूम्स निरीक्षण बारे चर्चा गरे।

त्यसै गरि निम्न माध्यमिक कोर्डिनेटर कृष्ण जोशीले स्कूल ब्यबस्थापन र अंग्रेजी बिभागका सदस्य शिबीन भर्गीसले अतिरिक्त क्रियाकलाप बारे प्रस्तुत गरे।
राइजिङ्ग एकेडेमी, न्यु प्लाजा काठमाडौँका संचालक तथा प्रिन्सिपल कुमार भटराईले डी.ए.भी विद्यालयको सहयोग र हौसलाको लागि राइजिङ्ग एकेडेमी परिवार सधै अनुग्रहित रहेको उल्लेख गरे। उनले आफ्नो विद्यालयको बिकाशको लागि डी.ए.भी विद्यालयको सहयोग अपरिहार्य रहेको उल्लेख गरे।

कार्यक्रमको अन्त्यमा सहभागी शिक्षक र कर्मचारीहरुले एक दिवसिय तालिमको अनुभव प्रस्तुत गरे डी.ए. भी विद्यालयकी प्राचार्य डा .भुवनेश्वरी रावले आफुहरु राइजिङ्ग एकेडेमी, न्यु प्लाजा काठमाडौँको प्रगतिको लागि प्रतिबद्द रहेको उल्लेख गरिन। साथै उनले उक्त कार्यक्रम भविष्यमा अनुभव र अनुभूति साट्ने साझा मंचको रुपमा बिकाश हुनुपर्नेमा जोड दिईन।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता