Logo

पाथिभरा माताले सबैको कल्याण गरुन् वैशाख ३ गते शनिबार, यस्तो छ तपाईको राशिफल



 

मेष
अचानक कमाई हुनेछ । पैसा कमाउने योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ । सहयोगीहरूबाट अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला ।

वृष
नसोचेको ठाँउमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाँउमा पैसा खर्च होला । महत्वाकांक्षी योजना फलीभूत होलान् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला ।

मिथुन
आफन्त मिलनले सुख दिनेछ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ ।

कर्कट
पैसा कमाउने योग छ । बचत हुने प्रवल सम्भावना छ । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । पढाइ लेखाइमा प्रगति हुनेछ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला ।

सिंह
मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

कन्या
वादविवादको सामना गर्नुपर्ला । आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । वादविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् ।

तुला
जागिरको काममा डर हुनेछ । मान सम्मान मिले पनि मनमा डर रहने छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला ।

वृश्चिक
रमाइलो दिन छ । मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । दिन रमाइलैसँग वित्नेछ ।

धनु
अप्रत्याशित लाभ हुनेछ । काममा मन प्रशस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । आज काम बिग्रने डरले सताइरहनेछ ।

मकर
अनावश्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ, सावधान रहनु होला । पिडा दिनेहरु सक्रियछन्, सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्याल गर्नु होला ।

कुम्भ
धन आर्जनमा राम्रो दिन छ । अन्नको काममा लाभ हुने दिन छ । साथै कसैबाट समर्थन पाउने दिन छ । आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ ।

मीन
राम्रो कमाइका कारण सुख मिल्नेछ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ । नसोचेको ठाँउबाट धन लाभ भइ मन हर्षित हुने छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता