Logo

होस्टेलमा मासु खाएको भन्दै झडप, कयौँ घाइते



 

एजेन्सी । जवाहरलाल नेहरू विश्वविद्यालयमा वाम विद्यार्थी संगठन आइसा र हिन्दू विद्यार्थी संगठन एबीभीपीले एकअर्कामाथि आक्रमणको आरोप लगाएका छन् । विश्वविद्यालयको मेसमा मांसाहारी खानालाई लिएर विद्यार्थी संगठनहरूबीच झडप भएको बताइएको छ ।

वाम विद्यार्थी संगठनहरूका अनुसार एबीभीपी कार्यकर्ताहरूले विश्वविद्यालयको कावेरी होस्टेलको मेसमा मांसाहारी खानाको विरोध गरिरहेका थिए। विद्यार्थी संगठन अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन ९आइसा० को तर्फबाट गरिएको ट्वीटमा एबीभीपी कार्यकर्ताको हमलामा कयौँ विद्यार्थी घाइते भएको दाबी गरिएको छ ।

बीबीसीको समाचार अनुसार घटनास्थलमा प्रहरी पनि पुगेको थियो । विद्यार्थी संगठनहरुले प्रहरीमा उजुरी दिएको बताएका छन् । यद्यपी यसबारे प्रहरीले अहिलेसम्म कुनै जानकारी दिएको छैन । यसैबीच, एबीभीपीबाट जारी ट्वीटमा वाम विद्यार्थी संघको आक्रमणमा उनीहरूको कार्यकर्ता रविराज गम्भीर घाइते भएको जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता