हेलिकप्टर दुर्घटनामा शान्ति सेनाका ८ जवानको मृ त्यु
काठमाडौं । कंगोमा भएको हेलिकप्टर दुर्घटनामा राष्ट्र संघका ८ जना शान्ति सेना मा’रि’एका छन् । कंगोको नर्थ किभु प्रान्तमा मंगलबार भएको दुर्घटनमा ८ शान्ति सेनाको मृत्यु भएको राष्ट्र संघलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।
शान्ति सेना एक जासुसी अभियानका क्रममा रहदा हेलिकप्टर दुर्घटना भएको हो । मृत्यु हुनेमा पाकिस्तानका ६ तथा रुस र सर्वियाका एक–एक जना शान्ति सेना रहेका थिए ।
उद्धार टोलीले उनीहरुको शव नर्थ किभु प्रान्तको राजधानी गोमा ल्याएका छन् । दुर्घटनाको कारण भने पत्ता लागेको छैन । कंगोको सेनाले पछिल्ला दिनहरूमा नर्थ किभु प्रान्तमा एम२३ नामक वि’द्रो’हीवि’रु’द्ध संघर्ष गरिरहेको छ ।
त्यस्तै, युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आ’क्र’मणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । रुसको सुरक्षा फौ’जले गरेको सो हवाई आ’क्र’मणमा परी अरु ३३ जना घाइते समेत भएको अधिकारीहरूले जनाएका छन् ।
युक्रेनको दक्षिणपूर्वी क्षेत्रमा पर्ने माइकोलायीभ सहरमा घटना भएको युक्रेनको आन्तरिक मामिला मन्त्रालयले मङ्गलबार जनाएको छ । स्थानीय समय अनुसार बिहान ८।४५ मा हवाई आ’क्र’मण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । आ’क्र’मणका कारण झण्डै नौ भवनमा क्ष’ति पुगेको पनि अधिकारीहरूले जनाएका छन् ।
घटनास्थलबाट १८ जनालाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ । घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधिकारीहरूले जनाएका छन् ।