छात्राहरुमा बढ्दै गएको यौन हिंसा रोक्न अखिल क्रान्तिकारीले चाल्यो यस्तो कदम..
काठमाडौं । पछिल्लो समय देशका विभिन्न प्राविधिक शिक्षालयमा अध्यायनरत छात्राहरु यौन हिंसाको सिकार हुन थालेका छन् । केही समयअघि मोरङको लेटाङ नगरपालिका, चितवनको माडी नगरपालिकालगायत देशभर छात्राहरू माथि यौन हिंसा भयो । त्यस्तै विधालयमा पनि किशोरीहरु सुरक्षित छैनन् ।
यसै बीच शिक्षालयका छात्राहरुमा हुने यौन हिंसा न्युनिकरण गर्न अखिल ) क्रान्तिकारी ( को छात्रा विभाग द्दारा आज जिल्ला प्रशासन कार्यलय भक्तपुरमा ज्ञापन पत्र बुझाइयको छ । कलशा शाही मनिशा बस्नेत लगायत टोलिले जिल्ला प्रशासन कार्यलय भक्तपुरमा रुद्रा देवि शमालार्ई ध्यानकर्षण पत्र बुझाईएको हो ।
ध्यानकर्षण पत्रमा भनिएको छ,”पछिल्लो समय देशभर शिक्षालयहरूमा छात्राहरू विभिन्न खाले हिंसाका शिकार भइरहेका छन् । त्यसमध्ये यौनहिंसा प्रमूख रहेको छ । छात्राहरू शिक्षालयमा नै असुरक्षित भइरहेका छन् । नेपालमा यस सम्बन्धी कडा कानुन नहुनु र भएको कानुन पनि सहि तरिकाले कार्यान्वयन नहुनु प्रमूख समस्या रहेको छ । छात्राहरुमा हने हिंसा न्युनिकरणमा प्रहरी प्रशासनको विशेष ध्यान जावस ।”