Logo

धनुषामा के भयो यस्तो झडपमा परी प्रहरी सहित २ जना घाइते



काठमाडौं । धनुषाको विदेह नगरपालिका तिनकौरीयामा व्यापारी र प्रहरीबीच झडप भएको छ । घटनामा प्रहरीसहित दुईजना घाइते भएका छन् । अज्ञात समूहले पानपसलमा आगजनी गरेको विषयमा विवाद सुरु भएको थियो । घटना पछि आक्रोशित स्थानीयले विरोध प्रदर्शन गर्दा झडप भएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले झडपमा परी स्थानीय र एकजना प्रहरी घाइते भएको जानकारी दिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार शनिबार राति करिब साढे ११ बजे स्थानीय सन्तोषकुमार मण्डलको शान्ता पानपसलमा आगजनी गरिएको थियो ।

‘‘उनीहरूले घटनामा प्रहरी र स्थानीय तहका प्रतिनिधिहरूले लापरबाही गरेको भन्दै टायर बालेका थिए । प्रहरीले अश्रुग्यास प्रहार गरेर आन्दोलन नियन्त्रणमा लिने प्रयास गरिरहेको छ,” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता