म जनवादी कलाकार थिए आज दोहोरीमा नाच्न बाँध्य छु
काठमाडौं । यति बेला प्रकाश सपुतको पछिल्लो गीत ‘पीर’ ले बजार तातीरहेको छ । र विवादीत पनि बनेको छ। माओवादी जनयुद्धका कथावस्तुमा तयार पारिएको भिडियोलाई लिएर माओवादी नेताहरुले विरोध जनाएका छन्।
भिडियोका दृश्यका कारण यतिबेला सामाजिक सञ्जाल तिखो टिप्पणी ले सामाजिक सञ्जाल भरिएर बसेको छ । पीर गीतमा विवादित भुमिका निभाउने पुर्व जनवादी कलाकार केशु पुन मगर आफुले सानो कलकारको भूमिका निभाएको बताइन् छिन् ।
पुनले आफु जनवादी कलाकार भएको बताइन् । म एउटा यो सानो रुपमा पात्र हु आफुले भोगका केहि कुरालाई यो गीतले नजिक बाट अंगालेको कथाले बताइन् । कलम ,बन्दुक बोक्न सकिन तर मेरो कलाले देश परिवर्तन गर्ने म कलाकारमा हिडेकी थिए खुटका छाला फालेर जनताका लागि गीत गाउदै नाच्दै आमुल परिवर्तको साँस्कृतिक एजेन्डा बोकेका हिडेकी थिए आज यस्तो अवस्थामा छु दुई चार रक्सि पिउदै गरेका यस्ता मान्छेको माझ यी भोका पेट पाल्न लाई उनिहरुको इसारामा नाच्न र गाउन बाध्य भएकी छु यो मेरो रहर होइ्ने बाध्यता हो ।
मन पोलेको आउन्छ सानै उमेरमा देश र जनताको लागि देशमा गणतन्त्र ल्याउन भनेर दिन रात नभनेर अगाडी हिडेका एउटौ रोटि खाएर हिडेका कोहि आज सत्तामा पुगे हामीहरुलाई बिर्सिसके बाच्नकैलागि हामी आज दोहोरी साझमा भरिएका छौं । हामीले केहि बिषय बस्तुलाई मात्र देखाउन खोजेका हौं ।