Logo

बलिउड शोकमा : १३ दिन देखि बिरामी परेका अभिनेता अमिताभको निधन



एजेन्सी । बुधबार बिहान बलिउडलाई अर्को ध’क्का लागेको छ । ‘कागरः लाइफ अन द एज’ जस्ता चलचित्रमा काम गरेका अभिनेता अमिताभ दयालको हृ’दयघा’तका कारण निधन भएको छ । बुधबार बिहान ४ः३० बजे छाती दुखेको गुनासो गरेपछि उनको मृत्यु भएको हो । अभिनेताकी श्रीमतीले मृत्युको पुष्टि गर्दै अमिताभ दयाल विगत १३ दिनदेखि बिरामी रहेको बताएकी छिन् । अमिताभ दयालले दिवंगत अभिनेता ओम पुरीदेखि लिएर अमिताभ बच्चन र जोन अब्राहमसम्मका दिग्गजहरूसँग काम गरेका छन् । उनको निधनको खबर आएसँगै उद्योग जगतमा शोकको लहर छ ।

 

अभिनेताकी पत्नी मृणालिनी पाटिलले ‘एबीपी न्यूज’ लाई बताइन् कि उनका श्रीमानले अस्पतालमै बिहान ४स्३० बजे अन्तिम सास लिए। उनलाई हृदयघात भएपछि जनवरी १७ मा अस्पताल भर्ना गरिएको थियो । उनलाई पनि को’रोना लागेको थियो । यद्यपि पछि उनी पनि निको भए । यसैबीच, अभिनेताको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनले अस्पतालमा जीवन हार नमान्ने कुरा गरिरहेका छन्।

मृणालिनी पाटिल (अमिताभ दयाल पत्नी मृणालिनी पाटिल)  ले आफ्नो स्वर्गीय श्रीमानको अन्तिम संस्कार बुधबार साँझसम्म मुम्बईमा गरिने बताइन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता