Logo

बिवाहको ७ दिन पहिले बेहुला मृत्युको मुखमा पुगे, ७ महिना सेवा गरेर निको बनाए पछि गरिन् बिवाह (भिडियो सहित)



 

काठमाडौ । सांचो प्रेममा निकै धेरै वाधा अवरोध हुन्छन् भन्ने कुराको प्रमाण यो जोडीको जिवनमा देखिएको छ । जसरी कृष्णा र रुपाको जिवनमा आएको आरोह अवरोहले उनीहरुको प्रेमलाई फरक पारेन यि जोडीले पनि त्यस्तै समस्याको सामना गर्नुपरेको थियो । लामो समयसम्म प्रेममा रहेका उनीहरुले जब विवाहको योजना बनाए । उनीहरुको जिवनमा नसोचेको घटना भयो । ७ दिन मात्र थियो विवाह हुन संगमको निकै ठूलो दुर्घटना भयो ।

इटहरीकी १९ वर्षकी मनिला सिंखडा र संगम घिमिरेको प्रेम वास्तवमै उदाहरणीय छ । जब संगमको दुर्घटना भयो कसैले पनि उनी जिवित होलान् भन्ने कसैले सोचेका थिएनन् । चिकित्सकले पनि उनलाई कहिल्यै होस् नआउन पनि सक्ला भनेका थिए । अस्पतालमा कोमामा रहेका संगमलाई मनिलाले यसरी सेवा गरिन् की संगमले दोस्रो जुनी पाए ।

कसैले पनि संगम अहिलेको जस्तो होलान् भन्ने कल्पना पनि गरेका थिएनन् मनिलाले भनिन् । संगमको दुर्घटना भएपछि मनिलाले साथ छोड्छिन् भन्ने सबैले सोचेका थिए । संगमलाई पनि सबैले त्यसै भन्थे । तर दुखमा मनिलाले संगमको साथ छोडिनन् । अहिले उनी स्वस्थ्य भएका छन् । संगम स्वस्थ्य भएपछि उनीहरुले विवाह गरे । तर संगम जिवनभरका लागि कान नसुन्ने भएका छन् ।

सामाजिक सञ्जाल टिकटकमा मनिलाले आफ्नो प्रेम र जिवनमा भएको घटनाको बारेमा जानकारी गराइन् सबैले उनको निकै प्रशंसा गरेका छन् । सबैले उनको प्रेमको प्रशंसा गरेका छन् । उनलाई कलियुगकी मुना भन्दै सम्बोधन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता