Logo

६ लाख रुपैयाँ बुझाएपछि बालकको सकुशल उद्धार



 

कपिलवस्तु । आर्थिक लेनदेन र अ’पह’रण गर्दा लागेको पैसा बुझाएपछि कपिलवस्तुका अ’पह’रित बालक मुक्त भएका छन् । अ’पह’रण गर्ने भारतीय नागरिकलाई तिर्नुपर्ने दुई लाख १० हजार भारुसहित ६ लाख रुपैयाँ बुझाएपछि बालकको सकुशल उद्धार भएको स्रोतले बताएको छ ।

कपिलवस्तुको शुद्धोदन गाउँपालिका(३ गुलरीक पाँच वर्षीय बालक सलमान खान डफाली मंगलबार दिउँसो १ बजे अ’पहर’णमा परेका थिए ।

प्रहरीमा दिएको जाहेरीअनुसार भारतको सिद्धार्थ नगर जिल्ला अलिगडवा बस्ने मौफुस मुसलमानले बालकको परिवारसँग लेनदेनको विषयलाई लिएर अ’पह’रण गरेका थिए ।

 

घरमा कोही नभएको अवस्थामा बालकलाई भेटी पसलमा पान लिन पठाउने क्रममा अ’पह’रण भएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारतीय प्रहरीको सहयोगमा बुधवार राति पौने ३ बजे बालकको उद्धार गरी परिवारलाई बुझाएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

अ’पहर’णमुक्त भएपछि घर फर्किएका पाँच वर्षीय बालक सलमान खान डफाली । तस्बिर स् शैलेन्द्र आम्वेडकरको फेसबुक

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता