यी रहेछन् बिराटनगरमा घटना गराउने नाइके, प्रहरीलाई दिए यस्तो बयान

उच्च अदालत विराटनगरको गेटैमा आईतबार एक युवा व्यावसायीमाथि खु कु री हा नि ए को छ । आईतबार ३२ वर्षीय कलाम सिंह लामामाथि घटना भएको हो । उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भईरहेको छ । लामाको पेट, हात लगायत शरीरका विभिन्न भागमा गहिरो चो ट लागेको छ । उनी हाल भने खतरा मुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाले २ वर्ष अघिदेखि लगानी गरेका थिए । उनले काठमाडौंमा सहकारी पनि सञ्चालन गरेको बताईएको छ ।
काभ्रे घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बस्दै आएका लामा आईतबार बिहान मात्रै विराटनगर आएका थिए । प्रहरीका अनुसार वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल–फर्मबाट निस्किएर उच्च अदालतको गेट अगाडि पुगेपछि लामामाथि दुई जना युवाहरुले एक्कासी त्यस्तो गरेका हुन् ।
लामासँग उनका साथी मोरङको कटहरी–६ का ४१ वर्षीय सुवास सरदार पनि सँगै थिए । घटना गराउने नाइके भने विराटनगर– ६ रामपुरका २५ वर्षिय बिमल कार्की रहेको प्रहरीले जनाएको छ । प्रहरीले थप जानकारी लिन अनुसन्धान जारी रहेको बताएको छ ।