Logo

चट्याङ लागेर दुई परिवारका १४ जनाको निधन, घाइतेको अवस्था कस्तो छ  ?



 

एजेन्सी । चट्याङ लागेर पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा रहेका १४ जनाको मृत्यु भएको छ । घटनामा अरु तीन जना घाइते भएका अधिकारीकारीहरुले जनाएका छन्।

खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा भएको यो घटनाभन्दा पहिले उक्त क्षेत्रमा परेको मुसलधारे मनसुनी वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा धेरै क्षति भएको छ।

प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले भने, ‘सँगै रहेका दाजुभाइका दुईवटा घरमा चट्याङ पर्दा दुई परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको हो। न्यान गुमाउनेमा पाँच जना बालबालिका र चारजना महिला छन्।’

सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनी वर्षाले भारतीय उपमहाद्वीमा सिँचाइ गर्न र पानीको आपूर्ति पूरा गर्न सहयोग पुग्छ। तर प्रत्येक वर्ष वर्षासँगै आउने बाढी, पहिरो, चट्याङ जस्ता प्राकृतिक प्रकोपका कारण भारत, पाकिस्तानलगायतका एसियाली मुलुकमा ठूलो मानवीय तथा भौतिक क्षति हुने गरेको छ।

सन् २०१९ को नोभेम्बरमा पाकिस्तानको थार मरुभूमिमा चट्याङले लाग्दा करिब १८ जनाको मृत्यु भएको थियो। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता