Logo

जसलाई संखुवासभा घटनामा संलग्न भएको आशंकामा पक्राउ गरिएको भनिएको छ उनले पत्रकारलाई यसरी निर्धक्क दिएका थिए अन्तरवार्ता (भिडियो हेर्नुस्)



काठमाडौं । संखुवासभा घटनामा जसलाई संलग्न भएको आशंकामा पक्राउ गरि अनुसन्धान सुरु गरिएको छ ति ब्यक्तिले पनि घटनाका बारेमा जानकारी दिँदै निर्धक्क अन्तरवार्ता दिएका थिए । प्रहरीले पक्राउ गरेको जानकारी सार्वजनिक भएपछि उनले अन्तरवार्ता दिएको भिडियो पनि सार्वजनिक भएको छ । जसमा उनले निर्धक्कसंग जवाफ दिएका छन् ।

उनले बोलेको देख्दा घटनामा संलग्नता छ होला भनेर अनुमान पनि लगाउन सकिदैन । ज्या’न गुमाएका ५२ वर्षीय तेजबहादुर कार्की गत सोमबार धान गोड्ने तयारीमा थिए । त्यसका लागि खेताला लिन उनी बिहान पाँच बजेतिर घर मास्तिरको बाटो हुँदै उकालो लागेका थिए । तर जुन घरबाट खेताला बोलाउन जान लागेका थिए, त्यही घरका २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले अहिले घटनामा संलग्न भएको आशंकामा पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाका अनुसार मृ त क तेजबहादुर दुई सय मिटर मास्तिरका भतिजो नाता समेत पर्ने छिमेकी लोकबहादुरको घरमा उनका दुई दाजुभाइलाई लिन गएका थिए । तर बाटोमै टाउको पछाडिबाट हि’र्का’एको अनुसन्धानवाट देखिएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मा’र्न चाहेको बयान दिएका छन् । तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मा’र्न बा’ध्य भएको भनेका छन् । यस विषयमा आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सार्वजनिक गर्ने प्रहरी तयारी छ ।

२६ बर्षीय लोकबहादुर कार्कीले कक्षा ८ सम्म पढेपछि पढ्न छोडेको छिमेकी चन्द्रबहादुर थापाले जानकारी दिए । थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि बर्षदिन नपुग्दै फर्किएर गाउँमा बस्दै आएका थिए ।

६ बर्ष अगाडि मलेसिया गए पनि १० महिनामा आफु विदेश जाँदाको ऋण समेत नतिरी फर्किएको थापाको भनाई छ । त्यसको डेढ बर्षपछि पुनः बैदेशिक रोजगारीको लागि कतार पुगे नौ महिना नपुग्दै घर फर्किएको थियो । कार्की कहिले राती घर बास नआउने, कहिले राती घरबाट हराउने, गाउँका बेकामे केटाहरुसँग बिना काम डुलिहिड्ने जस्ता ब्यावहार गर्दै आएको थापाले बताए ।

गत चैत २६ गते आमा बितेपछि बुवा र भाई सहित तीन जनाको परिवारमा लोकबहादुर बस्दै आएका थिए । उनको आमाको झापामा मृत्यू भएको थियो । उनको आमाको मृत्युको कारण पनि तेजबहादुर नै भएको लोकबहादुरले आरोप लगाउदै आएको छिमेकीहरुले बताउने गरेका छन् । घटनाको खबर छिमेकीलाई लोकबहादुरले नै दिएको थियो ।

झट्ट हेर्दा ‘सामान्य’ लाग्ने उनले कसरी घटनाको गर्लान्रु सुरूमा त प्रहरी नै अन्योलमा थियो। प्रहरीले मृ त क परिवारसँग कसैको केही ‘रि’सरा’ग’ थियो कि भनेर खोजी गर्‍यो, तर केही पनि फेला पार्न सकेन। जिल्ला नै ‘सि’ल’ गर्दा पनि शं’का’स्प’द मानिस भेटिएन। त्यसपछि प्रहरीले घटना भएको क्षेत्र वरिपरिलाई नै आधार बनाएर अनुसन्धान गर्न थालेको थियो। दुई परिवारको बिचमा पहिले आर्थिक लेनदेन समेत देखिएको छ। तर लोकबहादुरको परिवारले तेजबहादुरलाई उक्त रकम तिरिसकेको पाइएको छ।

प्रहरीले सबै अनुसन्धान सकेर आजै उनलाई सदरमुकाम खाँदबारी लैजाने तयारी गरेको छ। आइतबार सदरमुकाममा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएको छ। घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट डीएसपी रुगम कुँवरको नेतृत्वमा प्रहरी पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता