आइफोन बोक्ने हो ? एप्पलले मंगलबार सार्वजनिक गर्दैछ आइफोन १३

एप्पलले आइफोन १३ ल्याउने भएको छ । धेरै पहिलेदेखि चर्चामा रहेको आइफोन १३को एक समारोह बिच सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । एप्पलको बहुप्रतिक्षित नयाँ संस्करणको आइफोन सेप्टेम्बर १४ मा सार्वजनिक हुने पक्का भएको हो ।
एप्पलले क्यालिफोर्निया स्ट्रिमिंग नामक विशेष समारोहमार्फत् आइफोन १३ सिरिज सार्वजनिक गर्ने घोषणा गरेको हो । यसका लागि एप्पलले सञ्चारमाध्यमहरुलाई निमन्त्रणा समेत पठाउन सुरु गरेको छ । यद्यपि सो कार्यक्रममा कुन कुन प्रडक्टहरु सार्वजनिक हुने भन्ने चाहीँ खुलाइएको छैन ।
एप्पलले हरेक वर्ष सेप्टेम्बर महिनामा हुने विशेष समारोहमा आफ्ना नयाँ आइफोन सार्वजनिक गर्दै आएको छ । सोही बमोजिम यसपटक आइफोन १३ सिरिज सार्वजनिक हुने भएको हो ।
यसअघि गत अप्रिल महिनामा एप्पलले एक समारोहमा आफ्नो नयाँ आइप्याडको रुपमा आइप्याड प्रो सार्वजनिक गरेको थियो । मंगलबार हुने समारोहमा एप्पलले आइफोन १३ का अलावा एप्पल वाच सिरिज सेभेन तथा एयरपड्स थ्री पनि लञ्च गर्ने अपेक्षा गरिएको छ ।