बिहान ४ बजेको मौका छोपेर सार्वजनिक जग्गामा चलाए डोजर कर्मचारी माथिनै महर्जनले गरे हातपात

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको निर्देशनमा समय फल्चा पाटी निर्माण गर्ने भन्दै पुल्चोकको सडकपेटी भत्काइएको छ । सार्वजनिक जग्गामा पाटी बनाउने विषयमा परेको मुद्धा बिचारधिन रहेको अवस्थामा गुण्डागर्दी शैलीमा पुल्चोकमा रहेको श्री लालीगुरास सहकारी संस्थाको भवनमा असर पर्ने गरी भत्काइएको छ ।
स्थानीय टोल सुधार समितिको नाममा आज बिहान करिब साढे ४ बजे सरकारी मापदण्ड भित्र पर्ने बाटो र फुटपाथमा पाटी बनाउन भन्दै भवनमा असर पर्नेगरी भत्काइएको हो । सहकारीको मुख्य कार्यालय प्रवेशद्धारमै डोजर चलाएपछि कर्मचारीले बिरोध गर्दा कर्मचारी माथिनै हातपात गरेका थिए । मेयर महर्जनको निर्देशनमा नगरप्रहरी प्रमुख सिताराम हाछेथुले भवन भत्काउन लगाएका थिए । जिल्ला अदालतको आदेश भन्दै सडक पेटीमा डोजर चलाएपछि केहीबेर बिरोध भएको थियो ।
जिल्ला अदालतले सडक पेटीको मापदण्डलाई असर नपर्नेगरी निर्माण गर्न स्वीकृत दिएको थियो । तर मेयर महर्जनले अदालतको आदेशको अपहेलान गर्दै छापामार शैलीमासयम फल्चा पाटीको शिलान्यास गरेका थिए । अदालतको आदेश विपरित सडक र फुटपाथलाई असर पर्नेगरी पाटी बनाउन लागेपछि मेयर विरुद्ध महानगरपालिकाका कर्मचारीले भित्री रुपमा आपत्ती जनाएका छन् ।
महानगरपालिकाका कार्यकारी अधिकृत गणेश अर्यालको उक्साहटमा सडक भत्काउने काम भएका कर्मचारीको आरोप छ । मेयर महर्जनले जबरजस्ती पाटी निर्माण गर्न भन्दै शिलान्यास गरेपछि विरोध शुरु भएको छ । २ सय वर्ष पुरानो पाटी सिलान्यास गर्दा खुसी साटासाट गरेका मेयर महर्जनले २०३८ सालमा आफु वडा अध्यक्ष हँुदा पाटी थियो कि थिएन भन्ने विषयमा हेक्का राखेका थिएनन । उल्टै कानुनको धज्जी उडाएर पाटी शिलान्यास गरेका छन् ।
उनले करिब २५ हजार सदस्य रहेको संस्थाप्रति रिस पोख्दै जबरजस्ती पाटी शिलान्यास गरेका हुन । मेयर महर्जनले अबको स्थानीय निर्वाचनमा आफुले काम देखाउन र राजनीति नारा अघि बढाउन समय फल्चा पाटी बनाउन खोजेका हुन । श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भएकै ठाउमा पाटी थियो वा थिएन भन्ने विषय मेयर महर्जनलाई जानकारी नै छैन । तर लामो समयदेखि सोही स्थानमा पाटी बनाउछु भन्दै लागेका मेयरले अब मानहानीको मुद्धा बेहोर्नुपर्ने अवस्था आएको छ । सरकारको स्वमित्वमा रहेको जग्गामा पाटी बनाएरै छाड्छु भन्ने मेयर महर्जनको हौसियायीलाई कसैले बुझन सकेका छैनन् ।
तत्कालिन ललितपुर उप–महानगरपालिकाको बोर्डको बैठकको निर्णयलाई गुमराहमा राख्दै पाटी बनाउन कस्सिएर लागेका उनले त्यहा पाटी भए वा नभएको विषयमा किन उत्खनन गर्ने आट गर्न सकेका छैनन । स्थानीयको बलमा मनोमानि रुपमा पाटी शिलान्यास गरेपछि राजनीतिक वृतमा समेत उनको आलोचना भएको छ ।
मेयर महर्जनले महानगरपालिकाको सिङगो कार्यपालिका, पार्टी र जनताको साथ नलिइकनै एकलौटी रुपमा शिलान्यास गरेका छन् । शिलान्यास गर्दा हतारमा आएका उनले हतारमै पुजा गरेर फर्किएका थिए । सर्वोच्च अदालतको हवाला दिने महर्जनले सर्वोच्चको आदेशमा फुटपाथ र सडकलाई बाधा नपर्ने गरी पाटी बनाउने विषय उल्लेख छ । मेयरका कामप्रति सोही वडाका वडा अध्यक्ष श्रीगोपाल महर्जनसहमत छैनन । उनको एउटा मात्र भनाई छ पहिला पाटी कहाँ थियो उत्खनन गर्नुपर्छ । पाटी छ भने जस्तो छ त्यस्तै बन्नु पर्छ । निर्वाचन आउन ८ महिना बाकी रहदा जसरी पनि पाटी शिलान्यास गरी फेरी मेयर बन्ने रणनीति बनाएका उनले स्थानीयलाई सडकमा उतारेर द्धन्द बढाउदै र कानुन विपरित शिलान्यास गरेका छन् ।
मेयर महर्जनले सर्वोच्चको आदेशलाई अपब्याख्या गर्दै संस्थाकोसम्पतिमा नोक्सान हुनेगरी डोजर चलाएका छन् – श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले भन्नुभयो । उहाँले उच्च अदालतमा विचाराधिन मुद्धा किनारा नलाग्दै पाटी शिलान्यास गर्नु गलत भएको आरोप लगाउनुभयो । भन्नुभयो–मेयरको यो कार्यले कानुनको धज्जी उडाएको छ । यस विरुद्धमा कानुनी उपचारमा जानेछौ ।
सो बैठकले कित्ता नम्बर ३२७ सडक सिमाभित्रै रहेको देखिएकोले उक्त कित्तामा कुनै निर्णय गर्न नेपाल सरकार रऐनले तोकेको अन्य प्रचलित कानुन अनुसार सम्बन्धित निकायबाट स्वीकृत लिनुपर्ने कानुनी राय समेत प्राप्त भएको र नेपाल सरकारबाट स्वीकृत प्राप्त भएको समेत नदेखिदा सो स्थानमा पाटी निर्माण गर्न अनुमति दिन नमिल्ने र समयफल्चा पाटी पुनःनिर्माण समितिको राय माग अनुसार आर्थिक सहयोग समेत दिन नमिल्ने निर्णय गरेको थियो ।
साउन १७ गते सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको आदेश विपरीत मेयर महर्जनले अटेर गरेर मूल सडकको आवागमनमा प्रभाव पार्ने गरी समय फल्चा र्निर्माणको काम अघि बढाएका हुन । सो आदेशमा मुल सडक र पैदलमार्ग यथावत कायम रहने गरी अर्थात सडक मापदण्ड विपरित नहुनेगरी निर्माण गर्न मिल्ने उल्लेख थियो । तर सो पाटी मुल सडकको ११ मिटरभित्र पर्छ । जहा अहिले बटुवा हिड्ने गरेका छन् । अदालतले त मुल सडक पेटीलाई असर नपर्नेगरी पाटी निर्माण गर्न आदेश दिएको थियो । सो आदेशलाई वङग्याएर मेयर महर्जनले पाटी शिलान्यास गरेका हुन ।