Logo

देउवाका छोरा पनि सकृय राजनीतिमा  ?  यति ठूलो जिम्मेवारी लिने तयारीमा



 

काठमाडौ । प्रधानन्त्री एवंम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा पनि राजनीतिमा प्रवेश गरेका छन् । उनी पनि अब नेपाली कांग्रेसको सकृय राजनीतिमा जाने भएका छन् । सामाजिक सञ्जालमा त्यती चर्चामा नआउने उनका छोराले नेपाली कांग्रेस पार्टीको सदस्यता लिएका छन् ।

२६ वर्षीय देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटिको सिफारिसका आधारमा नेपाली काँग्रेसको सदस्यता सदस्यता लिएका हुन् । सो वडामा नयाँ ९६ जना सदस्य थपिएका हुन् । जसमध्य देउवाका छोरा पनि एक हुन् । काँग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष चेतराज पनेरुले सो कुराको पुष्टि गरेका छन् ।

बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीति शास्त्रमा एमए गरेका उनले काँग्रेसको क्रियाशिल सदस्यता लिनुलाई उनी अब राजनीतिमा सकृय हुने सम्भावनाका रुपमा हेरिएको छ । उनलाई वडाबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित गरेर पठाउने तयारी समेत वडा कमिटिले गरेको छ । वडाबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएपछि उनी सक्रिय राजनीतिमा आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता