Logo

न्यायाधीशले प्रयोग गर्ने कार सिक्न खोज्दा भयो दुर्घटना, महिलाको मृत्यु



विराटनगर । मोरङ अदालतका न्यायाधीशले प्रयोग गर्ने कार सिक्न खोज्दा भएको दुर्घटनामा महिलाको मृत्यु भएको छ । सो घटनामा प्रहरीले कारको चाबी दिने चालक श्रवण चौधरीलाई पनि पक्राउ गरेको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीश ईश्वर पराजुलीले प्रयोग गर्ने बा १४ च ६०१६ नम्बरको कार न्यायाधीशका अंगरक्षक विन्दकुमार सिंहले चलाउन सिक्न खोज्दा दुर्घटना भएको हो । कारको ठ क्कर वाट अदालतमा क्यान्टिन चलाउने महिला ४२ वर्षीया लक्ष्मी दाहालको मंगलबार साझ मृत्यु भएको थियो । प्रहरीका हवल्दार रहेका सिंहले कारको चालक चौधरीलाई चाबी मागेर पार्किङ गरेको कार निकाल्न खोज्दा दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ ।

दाहाल अदालत परिसरभित्र क्यान्टिनमा काम गरिरहेको अवस्थामा उनलाई ठ क्क र दिएको थियो । घाइते भएकी दाहालको उपचारका क्रममा साँझ ५ः१५ बजेतिर कोशी अस्पताल विराटनगरको आकस्मिक कक्षमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । दाहालको स्थायी ठेगाना धनकुटाको महालक्ष्मी नगरपालिका–१ हो ।

कारले ठ क्क र दिदा प्रहरी हवल्दार सिंहले चलाएका थिए भने कारको साइटमा चौधरी बसेको प्रत्यक्षदर्शीले बताएका छन् ।दुर्घटनापछि अंगरक्षक सिंहलाई बुधवार हवल्दार र चालक चौधरीलाई बुधबार पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई सवारी चालक अनुमति पत्र नभएकालाई सवारी दिएको क सु र मा पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता