Logo

दुई वर्ष अघि मात्रै विवाह गरे अमेरिका गएका २६ बर्षीय नेपाली युवाको निधन !



 

काठमाडौं, २१ भदौं ।अमेरिकामा एक नेपाली युवकको नि’धन भएको छ । निधन हुनेमा २६ बर्षीय सुमन पोख्रेल रहेका छन् । अमेरिकाको क्यालिफोर्नियाको सानफ्रान्सिस्को नर्थ इष्ट बे एरियामा सुमन पोखरेलको शनिवार दुखद निधन भएको हो ।

चार वर्ष अघि डिभी भिसामा अमेरिका आएका पोखरेलको अचेत अवस्थामा बिहीबार अस्पताल पुराइएकोमा निधन भएको हो । एनआरएनए क्यालिफोर्निया च्याप्टरले एक विज्ञप्ती जारी गदै पोखरेलको नि धनले नेपाली समुदायलाई स्तब्ध बनाएको जनाएको छ ।

पोखरेलको मुत्यु के कारणले भएको हो भन्ने बारेमा भने केही खुलाइएको छैन । समाचार स्रोतका अनुसार साथीको घरमा गएका पोखरेल सुतेको अवस्थामा अचेत भएपछि गएको बिहीबार साझ ओकल्याण्ड काइजर अस्पतालमा पुराइएको थियो ।

उपचारकै क्रममा उनको शनिवार बिहान निधन भएको अस्पतालले पुष्टी गरेको एनआरएनए क्यालिफोर्निया च्याप्टरले जनाएको छ । झापाको बिर्तामोड स्थायी घर भएका पोखरेलले दुई वर्ष अघि मात्रै विवाह गरेका थिए । उनको श्रीमति र परिवार सबै नेपालमा छन् ।

पोखरेलको श ’ब व्यवस्थापन र आवश्यक सहयोगका लागी वाइट जोन क्यालिफोर्नियाले गोफन्ड खोलेको छ । उनको श(ब नेपाल पठाउन अहिले पहल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता