Logo

एकीकृत समाजवादी खारेज हुन्छ, माधव नेपाल अरु दल प्रवेश गर्छन् ?



काठमाडौ । नेकपा एमाले विभाजन भएर माधव कुमार नेपालले नयाँ पार्टी दर्ता गरेपछि मुलुकभरको राजनीतिक समिकरण परिवर्तन भएको छ । एमाले सरकार एकाएक ढलेर अन्य पार्टीले सरकार बनाएका छन् । अहिले एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल सत्ता साझेदारीमा सबैभन्दा बलियो बनेका छन् । उनकै चाहनामा सरकार ढल्ने र बन्ने गरेका छन् ।

यसले सबैभन्दा ठूलो समस्या एमालेलाई पारेको छ । पार्टीमा पहिरो जान थालेपछि एमालेका नेताहरु माधव नेपाल पक्षका नेताहरु प्रति कडा रिस ब्यक्त गर्न थालेका छन् । सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रमहरुमा विपक्षी दल नेपाली कांग्रेसको भन्दा बढी माधव नेपालको आलोचना हुन्छ । यस्तैमा नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले पदकै लागि माधवकुमार नेपालले पार्टी फुटाएको आरोप लगाएका छन् ।

नेकपा एमालेद्वारा जनकपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता महासेठले माधव नेपालमाथि आ क्रो श पोख्दै भने– विदेशी शक्तिले पार्टी फोड्न लगाएर माधव नेपाललाई हतियार बनायो ।

२२ सांसदलाई लगेर माधव नेपालले दर्ता गराएर एकीकृत समाजवादी पार्टी कानून विपरीत भएको उनको दावी छ । ‘कानूनविपरीत दर्ता गराएको पार्टी खारेज गर्न हुन्छ, सायद भोलि अदालतले फैसला गर्छ’, उनले भने, ‘त्यसपछि माधव नेपाल कांग्रेस, माओवादी वा जसपा प्रवेश गर्छन्, उनको अर्को विकल्प छैन ।’

दुवै टक माधव नेपालकै कारण तत्कालीन प्रधानमन्त्री केपी ओली संसद विघटन गर्न बाध्य भएको नेता महासेठले बताए । ‘यदि २२ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव नगरेको भए दोस्रोपटक संसद विघटन हुने थिएन’, उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता