Logo

ट्रायल पास गरेकै दिन हातमा लाईसेन्स



 

जनकपुरधाम । सवारी चालक अनुमति पत्र लाईसेन्स  को ट्रायल पास गरेको महिनौसम्म लाईसेन्स प्राप्त गर्न कठिन भएको बेला महोत्तरीमा ट्रायल पास गरेकै दिन लाईसेन्स दिन सुरु गरेको छ । यातयात व्यवस्था सेवा कार्यालय बर्दिबासले ट्रायल पास गरेपछि एक वर्षसम्मको अवधिका लागि छुट्टै सवारी चालक अनुमतिपत्र लाइसेन्स जारी गरेको छ ।

चालकले एक वर्षसम्म परीक्षण कालको रुपमा बिताउनुपर्ने भन्दै सो अवधिका लागि छुट्टै स्मार्ट कार्ड जस्तै परिक्षणकालीन कार्ड वितरण सुरु गरेको हो । नयाँ सवारी चालक अनुमतिपत्र वाहकलाई परिक्षणकालीन कार्ड वितरण कार्यक्रम आयोजना गरेर एक वर्षका लागि क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स वितरणको सुरुवात गरेकोे यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासका प्रमुख पोषण थापाले बताए ।

उनले भने, ‘अब ट्रायल पास भएको एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स दिन्छौं ।, त्यसको चार वर्षपछि चालकले फेरि लाइसेन्स नवीकरण गराउनुपर्छ ।’ क्यूआर कोडबाट ट्राफिक प्रहरीले सडकमा लाइसेन्स सक्कली हो वा नक्कली हो भनेर पुष्टि गर्नसक्ने थापाले बताए ।

लाइसेन्स छपाइ ढिलो हुँदा अहिले धेरै चालकहरु कर तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् । क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स जारी हुदा लाइसेन्सविहीन भएर सवारी चलाउनुपरेको भन्दै हुने गुनासो पनि घट्ने थापाको भनाई छ ।जनकपुरधाम । सवारी चालक अनुमति पत्र (लाईसेन्स)  को ट्रायल पास गरेको महिनौसम्म लाईसेन्स प्राप्त गर्न कठिन भएको बेला महोत्तरीमा ट्रायल पास गरेकै दिन लाईसेन्स दिन सुरु गरेको छ ।

यातयात व्यवस्था सेवा कार्यालय बर्दिबासले ट्रायल पास गरेपछि एक वर्षसम्मको अवधिका लागि छुट्टै सवारी चालक अनुमतिपत्र लाइसेन्स जारी गरेको छ । चालकले एक वर्षसम्म परीक्षण कालको रुपमा बिताउनुपर्ने भन्दै सो अवधिका लागि छुट्टै स्मार्ट कार्ड जस्तै परिक्षणकालीन कार्ड वितरण सुरु गरेको हो ।

नयाँ सवारी चालक अनुमतिपत्र वाहकलाई परिक्षणकालीन कार्ड वितरण कार्यक्रम आयोजना गरेर एक वर्षका लागि क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स वितरणको सुरुवात गरेकोे यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासका प्रमुख पोषण थापाले बताए ।

उनले भने, ‘अब ट्रायल पास भएको एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स दिन्छौं ।, त्यसको चार वर्षपछि चालकले फेरि लाइसेन्स नवीकरण गराउनुपर्छ ।’ क्यूआर कोडबाट ट्राफिक प्रहरीले सडकमा लाइसेन्स सक्कली हो वा नक्कली हो भनेर पुष्टि गर्नसक्ने थापाले बताए । लाइसेन्स छपाइ ढिलो हुँदा अहिले धेरै चालकहरु कर तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् । क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स जारी हुदा लाइसेन्सविहीन भएर सवारी चलाउनुपरेको भन्दै हुने गुनासो पनि घट्ने थापाको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता