Logo

अचानक के भयो केपी ओलीलाई ? बालकोटबाट आयो यस्तो खबर



नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् । सत्ताबाट बाहिरिएसँगै उनी पार्टीका गतिबिधिमा सक्रिय थिए । उनको स्वास्थ्यमा समास्या देखिएपनि अवस्था भने त्यस्तो चिन्ता गर्नु नपर्ने बालकोटबाट खबर आएको छ ।

पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाटमा सक्रियता बढाएका ओलीले अस्वस्थ महशुस गरेपछि भेटघाट बन्द गरेका छन् । उनका प्रेस सल्लाहकार रामशरण बजगाईंका अनुसार दैनिक दौडधुपको धपेडीका कारण अध्यक्ष ओली शुक्रबारदेखि अस्वस्थ बनेका छन् ।

बालकोटस्थित आफ्नै निवासमा आराम गरिरहेका ओलीले अत्यावश्यकबाहेक भेटघाट बन्द गरिएको उनले बताए । नेकपा एमालेका अध्यक्ष ओलीको दुई पटक सम्म मृगौला प्रत्यारोपण गरिएकाले उनी हरेक समय चिकित्सकको प्रतक्ष्य निगरानीमा रहने गर्छन् । पुरानो तस्वीर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता