आफ्ना छोरी तालिवानीवाट जोगाउन यस्तो सम्म गर्दैछन् आमाबुवाहरुले, मोटो रकम दिएर धमाधम को संग गर्दिदैछन् विवाह ?

एजेन्सी । आमाबुवाहरुको लागि सबैभन्दा ठूलो चिन्ता आफ्ना सन्तानको हुन्छ । तर अफगानिस्तानका अभिभावक आफ्ना छोरीलाई नचिनेका मानिसलाई दिँदै देश वाहिर पठाउन बाध्य छन् । उनीहरुले त्यसका लागि मोटो रकम दिएर आफ्नी छोरी अफगानिस्तान छोड्ने युवकसंग विवाह गराइदिएका छन् ।
तालिवानबाट आफ्ना छोरीलाई बचाउन अभिभावकले यस्तो गरेका हुन् । तालिबानहरुको महिला प्रति हेर्ने दृष्टिकोण र उनीहरुले लागू गर्ने कानुनले महिला सबैभन्दा ठूलो समस्यामा पर्ने देखिएको छ । जसका कारण उनीहरु आफ्ना छोरीलाई तालिबानीवाट जोगाउन देश वाहिर पठाउने अनेक उपाय गरेका छन् ।
अवस्था यति भयावह छ कि कल्पना गर्नसमेत कठिन छ। अफगानिस्तानबाट बाहिरिन त्यहाँका धेरै अभिभावकले विमानस्थल बाहिर नै आफ्ना छोरीहरूको विवाह गराएको घटना सार्वजनिक भएको छ। विवाह गराउनुको कारण हो– आफ्ना छोरी तालिबानका हातमा नपरून्।
घटना अगस्ट ३० तारिखअघिकै हो। तर यो मु द्दा अहिले अमेरिकी प्रशासनको जानकारीमा पुगेको हो।अमेरिकी विदेश मन्त्रालयले गृह तथा रक्षा मन्त्रालयलाई यस घटनाको जानकारी दिँदै सतर्क रहन भनेको छ। घटनाको अनुसन्धान पनि थालेको छ।
यस्ता घटना स्वयं युवतीहरुले सार्वजनिक गरेका छन् । युवतीहरुका अनुसार आफ्ना अभिभावक तालिबानको शासन सहेर अफगानिस्तान बस्न चाहन्थेनन् । उनीहरुको कडा कानुनमा आफ्ना सन्तानलाई राख्न पनि चाहन्नन् ।
केटालाई पैसा पनि दिइयो
रिपोर्टअनुसार केही घटना त अझ आश्चर्यजनक छन्। विवरणअनुसार कतिपय केटीका आमाबाबु वा परिवारले काबुल विमानस्थल बाहिर अफगानिस्तान छाड्ने आधिकारिक कागजात भएका पुरुषको खोजी गरे। र, तिनलाई मोटो रकम दिए र आफ्नी छोरीसँग विवाह गरेर देशबाट बाहिर निकालुन् भनेर। केही घटना भने केटा आफैंले पैसा लिएर केटीलाई पत्नी बनाई अफगानिस्तानबाट निकालेका पनि छन्।