Logo

नेपालगञ्जमा सपिङ गरेर दाङ फर्कदै गरेकी ४ महिला सधैको लागि अस्ताइन्



दाङमा खोलाले कार बगाउँदा चार जना महिलाको मृअत्यु भएको छ भने एकजना चालक गअम्भीर घाअइते भएका छन् ।जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलाले ३–०१–०२४ च ४४४० नम्बरको कार बगाउँदा ४ महिलाको ज्यान गएको हो । कारलाइ खोलाले गएराति करिब १० बजेर ५० मिनेटमा बगाएको थियो ।

खोलाले कार बगाउँदा घोराही उपमहानगर १३ की ४० वर्षीया रितामाया पुन, सोही ठाउँकी ३५ वर्षीया सुशीला श्रेष्ठ, घोराही १५ की ३३ वर्षीया राधा कुँवर, सोही ठाउँकी ४३ वर्षीया बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।मृ तक राधा र शुसिला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का वडा सदस्य जगत श्रेष्ठका छोरीहरु हुन ।

ग’म्भीर घा’इते हुनेमा कारका चालक घोराही १३ का ४३ वर्षीय नरबहादुर पुन रहेका छन् । उनको दायाँ खुट्टा, ढाड र बायाँ हातमा चोट लागेको छ। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

खोलाले बगाएकाहरूको श’व झन्डै तीन किलोमिटर तल घोराही १७ बेलभार भन्ने ठाउँमा फेला परेको हो । उनीहरूमध्ये दुई जना चालकका आफन्त हुन् ।

उनीहरू नेपालगञ्जमा सपिङ गरेर फर्कंदै गर्दा खोलामा आएको भे’लमा परेका थिए । श’वलाई पोस्टमार्टमका लागि राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता