Logo

मोडल निशा घिमिरेको निधन



 

अभिनेत्री तथा मोडल निशा घिमिरेको निधन भएको छ । घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज साँझ ६ः ५१ निधन भएको हो । घिमिरेको पार्थिव शरीरलाई बिहीबार दिउँसो अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र त्यसपछि अन्त्येष्टी गरिने भएको छ ।

समाचार माध्यमबाट आर्थिक अभावमा उपचार हुन नसकेको विषयमा निशाको समाचार थाहा पाएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले गत २७ जेठमा केही समाजसेवीको सहयोगमा घिमिरेको उद्धार गरेर अस्पतालमा उपचार थालेकी थिइन् । घिमिरेको उपचारमा नर्भिकले अहिलेसम्म ५० लाखभन्दा धेरै खर्च गरिसकेको थियो ।

उनलाई खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरू लामो समयसम्म पुरिन सकेका थिएनन्। जि’उँ’दो ला’शज’स्तो भएर घरमै थ’न्किएकी घिमिरेलाई नर्भिक अस्पतालले जेठ २७ गते उद्धार गरी निस्शुल्क उपचार थालेको थियो।

‘अस्पतालको सिसियुमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छा,’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भने, ‘हामी दि’वंग’त आ’त्माको चि’रशान्तिको कामना गर्र्दछौं भने शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।’

तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारत गएको समयमा उनी सवारी दुर्घटनामा परेकी थिइन् । दुर्घटनापछि उनको लामो समय भारतमै उपचार भयो । तर, अस्पतालको महंगो खर्च धा’न्न नसक्ने भएपछि उनको परिवारले उनलाई एम्बुलेन्समार्फत् नेपाल ल्याए । उनले मैथिली र नेपाली भाषामा बनेको फिल्म ‘मधेशीपुत्र २’ सँगै केही म्यूजिक भिडियो र टेलिसिरियलमा अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता