Logo

जसले झलनाथ खनाललाई मिर्गौला दान दिइन्, को हुन् उनी ?



काठमाडौ । पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई मृगौला प्रत्यारोपण गरेर नेपाल फर्किएका छन् । उनी सोमवार काठमाडौ फर्किएका हुन् । खनाललाई मिर्गौला दान गर्ने महिला हुन् मेरिना चित्रकार। इन्द्रजात्राका अवसरमा कुमारीको रथमा परम्परागत चित्र बनाइरहेकी यिनै महिलाले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई मृगौलादान दिएकी हुन्।

केही दिनअघि खनालको नयाँ दिल्लीमा मृगौला प्रत्यारोपण गरिएको थियो। यि महिला काठमाडौंको भीमशेन स्थानका स्थानीय हुन्। उनी पूर्व प्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रबि चित्रकारकी दिदीकी छोरी हुन्। उनैले झलनाथ खनाललाई मृगौला दान गरेकी हुन्।

तस्बिर स्रोत किरण चित्रकारको फेसबुक पेज
मृगौलादाता चित्रकार ख्याती प्राप्त चित्रकार माणिकमान चित्रकारकी नातिनी तथा अमिरमान चित्रकारकी छोरी हुन्। ती दुबै जनाले नेपालमा कला क्षेत्रमा महत्वपूर्ण योगदान गरेका थिए। हरेक वर्ष इन्द्रजात्रा सुरु हुनुअघि उनकै परिवारले कुमारी रथमा परम्परागत चित्र बनाउने गर्छ। यी फोटोहरु २ वर्षअघि मेरिना चित्रकारले इन्द्रजात्रका अवसरमा चित्र बनाइरहँदा खिचिएको थियो। नेपाल न्युज बाट

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता