Logo

अक्सिजन समयमै नपाउदा मलेशियामा कार्यरत बझाङका अमरको निधन



मलेशियामा बैदेशिक रोजगारीमा रहेका बझाङ केदारस्यु गाउपालिका ५ का अमर गुर्धामीको मलेशियामा कोरोना संक्रमित भएर बेलैमा अक्सिजन सहितको उपचार ढिला हुँदा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । अमर सात वर्षदेखि मलेशियामा कार्यरत रहेका थिए ।

अचानक उनी बिरामी परेका अमरले सामान्य ठानेर ड्युटी गरेको तर पछि पुष्टी भएपछि पनि अस्पताल लान तीन दिन ढिला गरिएको र उपचार ढिलो पाँउदा ज्यान गएको आफन्तले बताए ।

अक्सिजनको अभावमा छ’ट्पटा’उदै गएका अमरलाई काम गर्ने कम्पनी सम्म पुर्याएपनि एम्बुलेन्स आउन ढिला भएका कारण ज्यान गएको उनका आफन्ती समीर बोहराले जानकारी दिए । अहिले अमरको शबलाई नेपाल पठाउन समस्या भएकाले मलेशियामै हिन्दु संस्कार अनुसार अन्त्यष्टीको प्रयास भईरहेको बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता