यसरी हुदै अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन अब पोखरामा

काठमाडौं । अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन यही आसोज ६, ७ र ८ गते पोखरामा हुने भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन -क्रान्तिकारी_ले आगामी असोज महिनामा २२औं राष्ट्रिय सम्मलेन गर्ने भएको छ । सम्मेलन आयोजक समितिको पूर्ण बैठकले निर्णय गरेको छ ।
अखिल (क्रान्तिकारी)ले आइतबार रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेको छ । “वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकिकृत जनक्रान्ति हाम्रो आन्दोलन र वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २२ औँ राष्ट्रिय सम्मेलन” भन्ने मूल नाराका साथ पोखरामा गर्ने निर्णय अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालयका सदस्य कलम बडुवालले गाउँवेशी मिडियालाई जानकारी गराएका छन् ।
साथै ढकालले बैठकले ४ वटा महत्वपुर्ण निर्णय गरेको भन्दै २२ औं राष्ट्रिय सम्मेलनसँग सम्बन्धित विभिन्न उपसमितिहरु गठन गरेको र उपसमितिहरु गठन गरेको बताए । ढकालले शैक्षिक आन्दोलन, राष्ट्रियता र जनजिवीकासँग सम्बधित विषयहरुमा संघर्ष केन्द्रित गर्ने बताए ।
कक्षा ११ र १२ कक्षाका परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर तत्काल सञ्चालन गर्नुपर्ने, शैक्षिक संस्थाहरुले कोभिड अवधिको शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गर्न संगठनले माग गरेको छ ।