Logo

कमेडी च्याम्पियनमा सधैँ हँसाउने विक्की अग्रवालले किन आउट नहुँदै रुँदै स्टेज छोडे  ?



काठमाडौं । टिभी रियालिटी शो कमेडी च्याम्पियनको दोस्रो सिजनका एक चर्चित प्रतियोगी हुन्, विक्की अग्रवालले शनिवार रियालिटी शो को स्टेजमा नयाँ प्रयोग देखाए । उनले प्रस्तुत गरेको कलाकारिता नेपालको रियालिटी शो मा नयाँ प्रयोग थियो । उनको प्रस्तुतीमा धेरैको हाँसोको फोहरा त छुटेन तर सबै जजहरुले निकै तारिफ गरे ।

ऋचा शर्मा भावुक भएर आँखा समेत रसाएको थियो । सुरुदेखि उपाधिका एक दावेदार मानिएका उनी सो प्रस्तुती पछि आँशुा झार्दै स्टेजवाट वाहिरिएका छन् । भारतको सिक्किमदेखि आएर प्रतिस्पर्धा गरिरहेका विक्की मौलिक र फरक प्रस्तुतिका लागि चिनिन्छन् । उनले आफ्नो यही शैलीलाई हिजो प्रशारित अन्तिम ४ को प्रतिस्पर्धामा निरन्तरता दिए ।

बिक्कीले कमेडी च्याम्पियनको स्टेजमा नै गरेको सो प्रस्तुतीलाई ‘माइम एक्ट’ भनिन्छ । मानिस निदाएको बेला मन कसरी सक्रिय हुन्छ रु भन्ने थिममा उनले संवादहीन अभिनय गरेका थिए ।

विक्की स्वयम्ले पनि प्रतियोगिताको महत्वपूर्ण घडीमा आफूले जोखिम मोलेको स्वीकारे । आफू फाइनलका लागि छनोट नहुन सक्ने खतरा बुझेर पनि यो विधा छनोट गरेको उनले बताए । उनी त्यती भनेर स्टेजवाट बाहिरिएका थिए । उनी स्टेजवाट बाहिरिदा आँशु झारेका थिए । उनलाई सबै जज उठेर सान्त्वना दिन पुगेका थिए ।

त्यसो त विक्कीले यसअघिका एपिसोडहरुबाटै तार्किक ढंगले हँसाउने आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । फाइनलका लागि दर्शकले भोट गर्दा उनको विगतका प्रस्तुति पनि पक्कै सम्झिनेछन् । साथै भारतमा रहेको नेपालीभाषी समुदायबाट ठूलो सपोर्ट छ । त्यसैले यो प्रस्तुतिमा जोखिम मोले पनि फाइनलमा उनले स्थान बनाउन सक्ने अपेक्षा गर्न सकिन्छ । उनले स्टेज छोड्दा आफुलाई भोट पनि मागेनन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता