‘केपी ओलीसँग एकता गरेर ठूलो ज्ञान प्राप्त भयो, अब राजनीतिबाट बिदा लिएर संस्मरण लेख्न मन छ ‘

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफु राजनीतिवाट विदा लिने मनस्थितीमा पुगेको बताएका छन् । उनले युवाहरूलाई राजनीतिक नेतृत्वमा आउन आह्वान समेत गरेका छन् । युवाहरुलाई राजनीतिको जिम्मेवारी दिएर आफुले विदा लिने अनि संस्मरण लेख्ने उनको भनाई छ ।
योङ कम्युनिष्ट लिग (वाईसीएल) को राष्ट्रिय भेलालाई काठमाडौंबाट सम्बोधन गर्दै प्रचण्डले समाजवादी क्रान्तिको नेतृत्व गर्ने अवसर युवालाई भएको र त्यसका लागि तयारी लाग्न भनेका छन् ।
‘मलाई छिटोभन्दा छिटो राजनीतिबाट बिदा लिएर संस्मरण लेख्न मन छ । तर, युवाहरू तयार नहुँदासम्म मैले छुट पाउने देखेको छैन । छिटै तपाईंहरूले नेतृत्व लिनुपर्छ । हामी छिट्टै युवालाई नेतृत्वमा स्थापित गराउँछौँ । त्यो भनेको भोलि नै चाहिँ होइन,’ प्रचण्डले भने ।
वाईसीएलले भचुर्अल माध्यमको प्रयोग गरेर राष्ट्रिय भेला आयोजना गरेको हो । प्रविधिको प्रयोग गरेर सम्मेलन आयोजना गरेको भन्दै प्रचण्डले वाईसीएलको प्रशंसा गरेका थिए ।
पार्टी एकता गर्ने केपी ओलीको कामलाई प्रचण्डले ओलीको ठ गी ध न्दा भनेका छन् । ‘पार्टी एकता गर्ने कुरा त प्रधानमन्त्री प्राप्त गर्न केपी ओलीले ठ गी ध न्दा गरेका रहेछन् । तर, साथीहरूले केपी ओलीसँग एकता गरेर के पाइस् भन्ने गरेका छन् । केपी ओलीसँग एकता गरेर ठूलो ज्ञान प्राप्त भएको छ,’ प्रचण्डले भने ।