Logo

विहेको १४ बर्षपछि शहरमा घर किन्न खेत बेचेर खातामा पिस पैसा राखेकै दिन ६४ लाख लिएर प्रेमीसँग श्रीमती भागिन



काठमाडौं । प्रेम अन्धो हुन्छ भन्ने कुरा हामीले अक्सर सुन्छौँ तर एकदम कम मात्रै त्यस्तो देख्न पाइन्छ । हिन्दु धर्ममा विवाह सात जन्मसम्मका लागि गरिन्छ । यदि दुई मध्ये कसैको बिश्वास टुट्यो भने पति र पत्नीको सम्बन्धमा दरार आउन धेरै समय लाग्दैन । त्यस्तै एउटा घटना भारत, बिहारमा पनि देखिएको छ ।

जानकारी अनुसार एक महिलाको १४ बर्ष पहिले बिहे भएको थियो । बिहेपछि दुबैको जिन्दगी खुशीले बितिरहेको थियो । विवाहपछि शहरमा एउटा आफ्नै घर बनाउने उनीहरुले सपना पनि देखिरहेका थिए । त्यसका लागि श्रीमानले गाउँको खेत बेच्दिए । खेत बेचेपछि, उनले आफ्नी श्रीमतीको खातामा सबै पैसा जम्मा गर्दिए । तर त्यसपछि जे भयो त्यसका लागि सायद उनी तयार थिएनन् । उनलाई कहाँ थाहा थियो र श्रीमतीको सोच यति चाँडै परिवर्तन हुन्छ भनेर, श्रीमतीले धोका दिन्छिन् भन्ने त उनले कल्पना पनि गरेका थिएनन् ।

एक दिन पति कमाउन अर्को राज्य गए, यसबीच पत्नी पनि छिमेकीसंग घरबाट भागिन् । गाउँको खेत बेचेको पैसा पनि साथमा लिएर छिमेकीसँग फरार भएकी हुन् । खेत बेचेको झण्डै ६४ लाख रुपैयाँ साथमा लिएर उनी भागेकी हुन् । श्रीमतीको खातामा अहिले १८ रुपैयाँ मात्र बाँकी छ । जब श्रीमानले सो कुरा थाहा पाए, एकाएक जमिन भासिएजस्तै भयो । घटना बिहारको पटनाको हो । त्यहाँ १४ वर्ष पहिले बिहटाको कौडिया निवासी ब्रजकिशोर सिंहको विवाह भोजपुरको बरहारा प्रहरी चौकी क्षेत्रको बिन्द गाउँकी निवासी प्रभावतीसँग भएको थियो ।

ब्रजकिशोर गाउँमै खेतीपाती गर्थे । ब्रजकिशोर आफैं बिहटामा भाडाको घरमा बसेर खेतीपाती गर्थे । त्यस बीचमा, उनी खेतीपाती छोडेर केहि पैसा कमाउन गुजरात गएका थिए । गुजरातमा काम गर्दै, उनी आफ्नी श्रीमतीको खातामा पैसा पठाउँथे । उनले पठाएको पैसाबाट नै उनको परिवार चल्थ्यो । यो बीचमा छिमेकीमा बस्ने एक व्यक्तिसंग पत्नीको निकटता बढ्यो । बिस्तारै दुबै प्रेममा परे । दुबै एक अर्कासंग दिनहुँ कुरा गर्न थाले । गुजरातमा मजदुरी गरिरहेका पति दुबैको मायाबारे बिल्कुल अनभिज्ञ थिए । श्रीमानलाई धोका दिएर उनी ती युवकलाई भेट्न जान्थिन् । यस बीचमा उनीहरु दुबैको श्रीमानसँग हुने कार्यहरु समेत हुन्थ्यो । यो बिषयमा कसैलाई थाहा थिएन् । ब्रजकिशोरको एक छोरी र एक छोरा छन् । दुबै हुर्कदै थिए तर आमालाई त्यसको कुनै मतलब थिएन् ।

छोराछोरीको राम्रो भविष्यका लागि खेत बेचे
छोरा र छोरीको राम्रो पालनपोषण र पढाईको लागी, उनीहरू शहरमा बसोबास गर्ने विचारमा पुगेका थिए । उनलाई शहरमा बसोबास गर्न पैसा चाहियो, त्यसकारण ब्रजकिशोरले गाउँको खेत बेच्नुपर्यो । करिब ६४ लाख रुपैयाँमा उनले आफ्नो गाउँको खेत बेचेका थिए । १४ वर्षदेखि साथमा भएकी तथा दुई सन्तानकी आमा, श्रीमतीलाई विश्वास गरेर उनले खेत बेचेर आएको सबै रकम श्रीमतीको खातामा जम्मा गर्दिए । तर उनलाई थाहा थिएन कि उनकी श्रीमतीले उनलाई धोका दिन्छन् र अरु कसैसंग जान्छिन् । शहर आएपछि खाली बस्नु भन्दा ब्रजकिशोरले कमाउन गुजरात गए ।

जब उनी गुजरातबाट फर्के, डेरामा ताला लगाइएको थियो । घरमा श्रीमती थिएनन् । जब यो जानकारी घरमालिकलाई दिईयो, उनले भने कि उनकी पत्नी प्रभावती छोरीसंग त्यहाँबाट गइन् । त्यसपछि, ब्रजकिशोरले श्रीमती र बच्चाहरुको बारेमा सबै आफन्तहरुलाई जानकारी गराए । लामो प्रयासपछि ब्रजकिशोरलाई छोराको बारेमा जानकारी पत्ता लगाउन सफल भए । उनी छोरासँग घर पुगे । जब ब्रजकिशोरले खाता जाँच गरे, उनको होश उड्यो । खातामा मात्र १८ रुपैयाँ बाँकी थियो, बाँकी पैसा थिएन् ।

प्रभावतीले प्रेमीको खातामा सबै रकम पठाइन्
खातामा पैसा नभएपछि ड राएका ब्रजकिशोर सिधै प्रहरी चौकी गए । उनले प्रहरीलाई सम्पूर्ण घटनाको बारेमा जानकारी गराए । अनुसन्धानको क्रममा प्रभावतीको एक युवकसंग प्रेम सम्बन्ध भएको पत्ता लाग्यो । प्रभावतीले डेहरी निवासी एक व्यक्तिको खातामा झण्डै ४२ लाख रुपैयाँ हस्तान्तरण गरेकी थिइन् । बाँकी झण्डै २१ लाख रुपैयाँ चेकको माध्यमबाट निकालिएको रहेछ । प्रहरीले सम्पूर्ण घटनाबारे अनुसन्धान गरिरहेको छ । नेपालमा पनि यस्ता धेरै घटनाहरु देख्न पाइन्छ । श्रीमान विदेशमा हुने यता श्रीमती अर्कैसँगै सबथोक लिएर भागेका धेरै उदाहारण छन् । जनबोली

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता