Logo

हार्दिक श्रद्धाञ्जली जन कलाकार जेवी टुहुरे !  कसरी भयो निधन ?(भिडियो हेर्नुस्)



नेपाली जनजिब्रोका शब्द टपक्क टिपेर गीत बनाउने र गाउने जनगायक जेबी टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । गत मंगलबार कलंकीस्थित घरमा एक्कासी ल डे पछि उनलाई बयोधा अस्पताल लगिएको थियो।

टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च र क्त चापका बिरामी थिए । उनी माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघका अध्यक्ष समेत भै सकेका छन् । माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालकाअनुसार उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि साढे १ बजेदेखि २ बजेसम्म माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको थियो ।

बिहिबार नै अन्तिम संस्कारको कार्यक्रम रहेको परिवार निकटले बताएका छन् । उनका आमा दिदी बैनी हो, चौरी चर्ने ठाउँमा लगायतका गीत चर्चित छन् । उनको बास्तविक नाम जुठबहादुर खड्गी हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता