प्रचण्डले हटाए नारायणकाजीलाई, महराले पाए पार्टी प्रवक्ताको जिम्मेवारी

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ । पार्टीको केन्द्रिय कमिटि बैठकबाट श्रेष्ठलाई जिम्मेवारी मुक्त गरिएको हो । अर्का नेता कृष्ण बहादुर महरालाई सो पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको छ ।
पार्टीभित्र अवसरको खोजीमा रहेका महरालाई उक्त जिम्मेवारी दिइएको हो । संसद सचिवालयकै कर्मचारी रोशनी शाहीसँग नाम जोडिएको घटनापछि सभामुखबाट पदमुक्त भएका थिए । त्यसपछि उनी पार्टीमा प्रभावकारी भूमिकाको खोजिमा थिए । माओवादीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
यसअघि प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका नारायणकाजी श्रेष्ठलाई भने पार्टीको प्रवास समितिको इन्चार्जको जिम्मेवारी दिइएको छ । यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्माले पाएका छन् । शर्मा यसअघि कर्णाली प्रदेशको इन्चार्ज रहेका थिए ।
यस्तै राजकीय मामला तथा सुशासन विभाग प्रमुखमा रेखा शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै प्राध्यापक सम्बद्ध संगठनहरुको ईञ्चार्जमा नारायण शर्मा, केन्द्रीय कार्यालयको ईञ्चार्जमा वर्षमान पुनलाई प्रदान गरिएको छ ।