माधव नेपालको आग्रह, ‘अब एमालेसंग वार्ता र एकताको च्याप्टर सकियो, ओलीको पछि केही नलाग्नुस्’

काठमाण्डौ । नेता माधवकुमार नेपालले नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रियामा अगाडि बढेकाले वार्ता र सहमतिको सम्भावना सकिएको बताएका छन् । उनले अब बार्ता र सहमतिका नाममा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग वार्ता नहुने प्रष्ट पारेका छन् । उनले आफ्ना समर्थकलाई यस्ता भ्रममा नपर्नु भन्दै आग्रह समेत गरेका छन् ।
लामो समय आफुलाई साथ दिएका मुख्य नेताहरुनै वार्ता गर्न भन्दै बालकोट पुगे पछि उनले यस्तो टिप्पणी गरेका हुन् । दोस्रो तहका नेताहरु ओलीसंग सहमति गर्ने अन्तिम तयारीमा छन् । त्यसका लागि एमालेले बैठक पनि बोलाएको छ र
सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता नेपालले अब वार्ता र सहमति हुन नसक्ने बताएका छन् । उनले यसअघि पटक९पटक बेइमानी भएको भन्दै अब हल्ला र भ्रमको पछाडि नलाग्न नेता र कार्यकर्तालाई आग्रह गरेका छन् । नेता नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल दर्ताको प्रक्रियामा छ।ढ
निर्वाचन आयोगले सनाखतका लागि मंगलवार बोलाएको छ । यसअघि हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन एमाले विवाद समाधान गर्न गठित कार्यदलका नेताहरुबीच १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने समझदारी भएको थियो ।
एमालेका अध्यक्ष ओलीले आज स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे ललितपुरमा रहेको तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्दैछ ।