Logo

लुम्बिनी प्रदेशकी सांसद बिमला वि रुद्ध उनकै २ छोरा अदालत गए



काठमाडौ । वाइसियलका एक युवकसंगको तस्बिर सञ्जालमा आएपछि विवादित भएकी लुम्बिनीकी प्रदेश सांसद विमला वली खत्रीलाई अर्को समस्या परेको छ । परिवारले बिमला विरुद्ध अदालतमा निवेदन दिएका छन् । बिमला विरुद्ध उनकै छोराहरुको नामवाट निवेदन परेको हो । छोराहरुको तर्फवाट अंशको निवेदन परेको हो ।

फेसवुकमा केही दन अघि उनको एक वाइसियलका युवकसंग तस्बिर सार्वजनिक भएको थियो । यद्धपी त्यो तस्बिर उनीहरुले ए डि टे ड भनेका छन् । विमलाका दुई छोराहरु १२ वर्षिय प्रणय वली र ९ वर्षिय दिवाकर वलीको तर्फबाट उनीहरुका साहिँलो बुबा अमरबहादुर वलीले जिल्ला अदालत दाङमा निवेदन दर्ता गरेको पारिवारिक स्रोतले पनि जनाएको छ ।

दाङ जिल्ला अदालतका श्रेस्तेदार धनसिंह गिरीले सो कुराको पुष्टि गरेका छन् । भदौ ३ गते अदालतमा निवेदन दर्ता भएको हो । निवेदक अमरबहादुर विमलाका श्रीमान स्वर्गीय उत्तरकुमार वलीका साहिँला दाजु हुन् । अदालतमा दिएको निवेदनमा पनि बिमलाको पछिल्लो घटनालाई पनि अप्रत्यक्ष रुपमा जोडिएको छ । बिमला आफ्नो परिवारसंग ४ महिना देखि सम्पर्कमा समेत नरहेको उनका जेठाजुको भनाई छ ।

नेकपा एमालेको तर्फबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट निर्वाचित उत्तरकुमार ओलीको दुर्घटनामा निधन भएपछि २०७६ सालमा सम्पन्न उपनिर्वाचनमा तत्कालीन नेकपाको तर्फबाट विमला निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता