Logo

धेरै विल उठेपछि मालिकसँग बदला लिन भक्तपुरको होटलमा यस्तो घटना ? अभियुक्तले दिएको बयान सुनेर सबै चकित !



होटलमा धेरै विल उठ्यो भने मानिसले के गर्लान्रु होटल मालिकसँग कुरा गर्लान्, केहीले बढि नै भए प्रहरीलाई खबर गर्लाल् । तर भक्तपुरमा एक जनाले भने होटल मालिकलाई तर्साउन कुकर राखिदिएका छन् । उक्त कुकरलाई ब म सम्झेर होटल मालिक भने डराएका छन् ।

भक्तपुरको मध्यपुर ठिमी नगरपलिका–३ स्थित दिव्यश्वरी गेष्ट हाउसमा धेरै बिल उठाएकाले प्रेसर कुकुर राखिदिएको काभ्रे घर भएका ग्राहक रविन तामाङ लामाले प्रहरीसामु स्वीकार गरेका छन् । उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको भक्तपुर प्रहरी प्रमुख एसपी शिव श्रेष्ठले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार उनी बुद्धचित्त मालाको कारोबारमा संलग्न व्यक्ति हुन् । ‘हालसम्म तर्साउनलाई मात्र राखिएको जस्तो देखिएको छ’ प्रहरी स्रोत भन्छ, ‘कुकरमा वि ष्फो ट हुने प्रणाली राखिएको थिएन, तर्साउन मात्र खोजेको जस्तो देखिन्छ ।’ प्रेसर कुकुर राखेका वेला लामाले मा प से गरेको पाइएको प्रहरीले जनाएको छ ।

यसअघि शंकास्पद बस्तु फेला परेको भन्दै त्यहा हेर्नेहरुको भीड बढेको थियो । शंखधर चोकबाट भित्र रहेको गेष्ट हाउसको कोठामा शंकास्पद रुपमा तार जोडेको अवस्थामा ‘प्रेसर कुकर’ फेला परेको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी नरहरि रेग्मीले जानकारी दिएका थिए । घटनास्थलमा नेपाली सेनाको डि स्पो जल टोली पुगेको थियो । शंकास्पद अवस्थामा कुकर फेला परेको कोठामा ३ दिनदेखि पाहुना नबसेको होटल सञ्चालकले जानकारी दिएका थिए ।

शनिवार बिहान सवा १२ बजे होटल सञ्चालक जाँदा शंकास्पद बस्तु नदेखिएको तर, साँझ तार जोडेको अवस्थामा कुकर देखेपछि गेष्ट हाउसका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । दुबै प्रतिकात्मक तस्वीर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता