Logo

मोटरसाइकलमा रेनकोटको पासो लाग्यो युवकको निधन



काठमाडौ । सोलुखुम्बुमा अनौठो घटनामा एक युवकको निधन भएको छ । मोटरसाइकलमा आफ्नै रेनकोट पा सो लागेर एक युवकको निधन भएको हो । शनिबार साँझ घरबाट सल्लेरीतर्फ जाने क्रममा माप्यदूधकोशी गाउँपालिका९५ कागतेमा सोही गाउँपालिका९२ का ३० वर्षीय सुमन राईको ज्यान गएको हो।

बा५४प७८२९ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकलमा सवार राईको आफैँले ओढेको रेनकोट टायरमा बेरिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) कवित कटवालले बताए।

उनका अनुसार मृ त क सुमनको घाँ टीमा रेनकोटले बेरिएको दाग देखिएको छ भने शरीरका अन्य भागमा कुनै चो ट छैन।

वर्षातको पानी छल्न प्रयोग गरिने रेनकोट मोटरसाइकल तथा स्कुटरको चेन तथा टायरमा बेरिँदा दुर्घटना हुने गरेको उनको भनाइ छ। कतिपय ठाउँमा महिलाहरुले लगाएको सारी र सल सवारी साधनको चेन तथा टायरमा बेरिँदा पनि थुप्रै दुर्घटनाहरु भएको उदाहरण रहेको भन्दै डिएसपी कटवालले सवारी चलाउँदा तथा यात्रा गर्दा यस्ता कुराहरुमा ध्यान दिन सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता