Logo

सानी छोरीसंग खेलेर बाइ बाई छोरी भन्दै हिँडेका सरोज, त्यसपछि घर फर्कन पाएनन्



 

नेपाली सेनाको कालीबहादुर गण चितवनबाट करिब अढाइ वर्षअघि नै १००७९२ नम्बरको एसएमजी ग’न हरायो । सो गन चोरी गरेको आरोपमा पक्राउ परे नेपाली सेनाका सिपाही सरोज र अमल्दार लबकुमार गुरुङ । उनीहरूलाई सैनिक हिरासतमा चार महिनाको या’तना’पछि पुर्पक्षका लागि कारागार चलान गरिए पछि अहिले चितवन कारागारमै छन् ।

तर चार महिना ठूलो या’त’ना र वर्षैको जेल बसाई पछि उनीहरु निर्दोश रहेको पुष्टि भएको छ । सो ग’न अर्कैले चोरेको पाइएको हो । आफ्ना श्रीमान करिब अढाइ वर्ष जेलमा हुँदा र सेनाको हिरासतमा या’त’ना सहेको थाहा पाउँदा श्रीमतीको मन छि’याछि’या हुन्थ्यो । तीन महिना मात्र भएकी सानी छोरीसंग खेलेर बाइ बाई छोरी भन्दै हिँडेका सरोज तामाङ त्यसपछि घर फर्कन पाएनन् । ०७५ पुस १ गते अन्तिम पटक घरवाट हिँडेका थिए ।

झुटो आरोपमा पक्राउ परेका उनीहरुले चार महिना सैनिक हिरासतमा बिताएको या’त’ना थाहा पाएर आमाबुवाको मन कहालिएको छ । सरोजले आफुले पाएको या’त’ना सम्झदै भने, एकपटक त हामीलाई आँखामा पट्टी, हातमा हतकडी लगाएर जंगलमा ल’गियो। फा’यरि’ङ गरियो। अनि भनियो– ‘तेरो साथी लबकुमार म’र्‍यो।’ त्यसपछि बन्दुक कहाँ छ, अब तँ भन्, नत्र तलाई पनि मा’र्दि’न्छु भन्दै मलाई ध’म्क्या’इयो। त्यतिमात्रै होइन, तेरो श्रीमतीलाई दिल्ली लगेर बेच्दिन्छु, छोराछोरी बेच्दिन्छु, अनेक भनेर तर्साइयो।

यस्तो कुरा थाहा पाएपछि सानी काखको छोरी छोडेर जागिरमा जाने गरेकी उनकी श्रीमती उर्मिला अफिस जान छोडिन् । कतै आफुलाई लगेर बेचिदिने होकी भन्ने उनको मनमा त्रास रहन्थ्यो । तीन महिना हुँदा बुवाले छोडेकी छोरी अहिले ४ वर्षकी हुन लागिन् । छोरीले बाबा खै भन्दा उनले मन थाम्न सक्दिनन् । सुत्केरी अवस्थामा आराम गर्नुपर्ने र पोशिलो खानेकुरा खानुपर्ने बेलामा उर्मिला त्रासमा बस्नुपर्यो । सेनाको डरले भएको जागिर छोडेर घर भित्रै बस्नुपर्दा उनी कहालिइन् ।

अहिले पनि सेनाको गाडी देख्दा उनलाई डर लाग्छ । अब त उनका श्रीमान निर्दोश सावित भएका छन् । अब भने घर फर्केलान् की भन्ने आशमा बाटो हेरेर बसेकी छन् । ८ वर्षअघि झापास्थित चारआलीमा रहेको सैनिक ब्यारेकमा पोस्टिङमा रहेका बेला खुदुनाबारीकी उर्मिलासँग सरोजको प्रेम बसेको थियो। बिहे गरेको चार वर्षपछि ०७५ असोजमा उनको छोरी जन्मिएकी थिइन्।

मोरङ सुन्दरहरैँचास्थित उनको घरमा खुशीको माहोल थियो। कालीबहादुर गणमा कार्यरत उनले त्यही खुशीमा सरिक हुन मंसिरको अन्त्यतिर ४ दिनको बिदा लिएका थिए। त्यही बेला नवजात छोरी बिरामी परेकी थिइन्। उर्मिला र सरोज दुवै छोरीलाई जचाउँन विराटनगरको अस्पताल पुगेका थिए। अझै केही दिन उर्मिलासँगै बस्ने रहर त थियो तर पुस १ गते हाजिर हुनुपर्ने बाध्यताका कारण उनी त्यही दिन बिहानै हतार गरेर घरबाट निस्किएका थिए। ‘आमा, तालिम पर्न सक्छ, अलिकति पैसा दिनुन् भनेको थियो। मैले मसँग भएको ७ हजार दिएर पठाएकी थियो,’ आमा माया सम्झिन्छिन्। फोटो नेपालसमय

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता