एमालेवाट अलग भएपछि देउवा भेट्न पुगे माधव नेपाल, रामकुमारी झांक्री सहित यि ७ नेता बन्दैछन् मन्त्री

काठमाडौ । नेकपा एमालेवाट अलग भएपछि माधव कुमार नेपालको समुह अब सरकारमा सहभागी हुने तयारीमा लागेको छ । विहिवार माधव कुमार नेपालले प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेका छन् । उनीहरुबीट गठबन्धनलाई निरन्तरता दिनेवारे छलफल भएको बुझिएको छ ।
प्रधानमन्त्रीको सपथ खाए लगत्तै शेरबहादुर देउवाले माधव कुमार नेपाललाई उनको निवासमा भेटेर आफूलाई साथ दिए भने अनुसार मन्त्रालय दिने वाचा गरेका थिए । एमालेवाट अलग भएपछि देउवाले त्यहि अनुरुप अहिले माधव नेपालले आफ्नो समूहबाट को को मन्त्रीबनाउने भनेर लिस्ट देउवालाई बुझाएका छन् ।
बालुवाटार श्रोतका अनुसार माधव कुमार नेपालले ७ जना नेताहरुको नाम पठाएका छन् । सोम प्रसाद पाण्डे, मेटमणी चौधरी, रामकुमारी झाँक्री, जीवन राम श्रेष्ठ, विरोध खतिवडा, यज्ञ राज सुनवार र बेदुराम भूषालको नाम माधव नेपालले देउवालाई पठाएको बुझिएको छ ।
यी ७ बाट देउवाले ५ वा ६ जनालाई मात्र मन्त्री बनाउने तयारी गरिएको बुझिएको छ । देउवा निकट एक नेताका अनुसार माधव नेपालले पठाएको नाम मध्य एक दुई जनामा देउवा खुशी छैनन् तर माधव नेपाललाई फकाउन भएपनि राजी भएका हुन् ।