Logo

दल दर्ता गरेको खुसि मनाउन नपाउंदै माधव नेपाललाई ठुलो झड्का, जुन कल्पना पनि गरेका थिएनन् माधवले  ?



काठमाडौं । माधव नेपालले नेतृत्व गरेको नवगठित नेकपा एमाले समाजवादी पार्टीले राखेको चुनाव चिह्न जुधेको छ। उन्नत लोकतान्त्रिक पार्टीले एमाले समाजवादी पार्टीले प्रस्ताव गरेको चुनाव चिह्न खुला किताब आफ्नो पार्टीको भएको दाबी गरेको छ । अध्यक्ष स्वागत नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै चुनाव चिह्नबारे पुनर्विचार नगरे कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन्।

‘‘निर्वाचन आयोगमा फाइल दर्ता गरी प्रमाण पत्र लिन मात्र बाँकी रहेको अवस्थामा सो पार्टीले हाम्रो चुनाव चिह्न खुला किताब प्रस्ताव गरेको र निर्वाचन आयोगले प्रदान गर्ने निर्णय गर्न लागेको भए हामी कानुनी प्रक्रियामा जाने जानकारी गराउँदै उक्त पार्टीलाई निर्वाचन चिह्नबारे पुनर्विचार गर्न आग्रह गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै कतिपयलाई लाग्न सक्छ कि अब माधव नेपालले नेतृत्व गरेको पार्टीको नाम नेकपा एमाले ९समाजवादी० नै ठहर हुनेछ । तर, निर्वाचन आयोगले स्रोतले माधव नेपालले प्रस्ताव गरेको यो नामलाई आयोगले अस्वीकार गर्न सक्ने सम्भावना रहेको छ ।

‘दलको नामका सम्बन्धमा गत फागुन २३ को सर्वोच्च अदालतको फैसलाले निर्वाचन आयोगलाई सचेत बनाइसकेको छ,’ आयोगका एक अधिकारी भन्छन्, ‘त्यसैले एमालेका पछाडि फुर्को जोड्दैमा वा जसपाकै नाममा फुर्को जोडेर त्यसले वैधानिकता नपाउन सक्छ ।’

मन्त्रालयले नियमावली संशोधन स्वीकृत गरेपछि त्यसलाई राजपत्रमा प्रकाशित गर्नुपर्छ । त्यसपछि दुबै समूहले फेरि नियमावलीअनुसार दल दर्ताका लागि निवेदन दिनेसहित सबै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । अनि बल्ल आयोगले दल दर्ताको प्रक्रिया शुरु गर्ने एक अधिकारीले बताए । त्यसरी आग्रह गरेको ३५ दिनभित्र आयोगले यो प्रक्रिया टुंगो लगाएर उनीहरुलाई नयाँ दल दर्ताको मान्यता दिन सक्छ ।

तर, यसरी नयाँ पार्टी दर्ता गर्दा साविकको पार्टीकै नामका पछाडि फुर्को जोडेर एमाले ९समाजवादी० वा जसपा ९लोकतान्त्रिक० राख्न दिइने सम्भावना न्यून रहेको र अरुभन्दा प्रष्ट भिन्नता छुट्टिने नामले मात्र मान्यता पाउन सक्ने आयोगका एक अधिकारीले बताए ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ पनि नियमावली संशोधन भएपछि नयाँ दल दर्ताको लागि परेको निवेदनउपर अध्ययन शुरु हुने बताउँछन् । उनका अनुसार प्राप्त निवेदन अध्ययन गर्दा संविधान, ऐन, नियम कानुन, नियमावली, कार्यविधिगत विषयहरु हेरिनेछ । दल दर्ताका लागि समावेश गर्नुपर्ने संघीय, प्रदेश संरचनाहरु, दलको विधानका व्यवस्थाहरु समेत हेरिनेछ ।

त्यस्तै नेता नेपालले जसलाई आफ्नै ठानेका थिए ती कोही पनि अहिले साथमा छैनन् । यसको मतलब नेपालले अहिलेको एक्लोपनको बेफाइदा आगामी चुनावमा झेल्नुपर्नेछ । एमालेको सजिलो मानिने चुनाव चिन्ह र नाम नै छाडेर नयाँ दलबाट चुनाव लड्नु नेता नेपालका लागि पक्कै चुनौतीपूर्ण हुनेछ ।

५ दशक लामो इतिहास जोडिएको एमाले छाडेर नयाँ दलबाट चुनावमा भाग लिनु नेपालका लागि मुस्किल नै हुनेछ । त्यसैमाथि वर्षौँदेखिका निकट सहयोगीहरु सँगै छैनन् । यसले पनि नेता नेपाललाई आगामी चुनावमा निकै प्रतिकुल बनाउनेछ । त्यसो त नेपालको आमने सामने नै अब ओली नेतृत्वको एमालेसँग पर्नेछ । अधिकांश क्षेत्रमा नेपालको पार्टीको मुख्य प्रतिस्पर्धी नै ओली नेतृत्वको एमाले बन्नेछ ।

यसअघिका अभिव्यक्तिले पनि यसलाई पुष्टि गरेको छ । यद्यपि नेपालसँग पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो निकटताले आगामी चुनावमा नेपाल र दाहाल गठबन्धन गर्ने अवस्थामा पुग्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता